लगानी लगायतका विषयमा गैरआवासीय नेपालीले भेटे अर्थमन्त्री डा. महतसंग

आर्थिक परिवेश

२४चैत्र, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीहरूकाे टाेलीले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरेकाे छ । शुक्रबार सिंहदरबारमा भएको भेटमा एनआरएनए प्रतिनिधिले ज्ञापनपत्रमार्फत् आफ्ना समस्या अर्थमन्त्री डा. महतसमक्ष प्रस्तुत गर्नु भएकाे छ ।
शुक्रबारदेखि अध्यक्षको नेतृत्व सम्हालेका डा. बद्री केसीले ज्ञापनपत्र बाचन गर्नु भएकाे थियाे । ज्ञापनपत्र वाचनपछि तीनैजना अध्यक्ष डा. केसी, कुल आचार्य र रविना थापाले संयुक्तरुपमा मन्त्री डा. महतलाई बुझाउनु भयाे  ।

एनआरएनए प्रतिनिधिले लगानीमैत्री वातावरण, नागरिकताको निरन्तरतालगायतका समस्याहरु राख्नु भयाे । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणपछि केही जटिलता आएको स्मरण गर्दै मन्त्री डा. महतले एनआरएनएको नागरिकताको हकमा संविधानमा भएको व्यवस्थालाई छिटो कार्यान्वयनमा नल्याउँदो व्यवहारिक कठिनाइ भएको बताउनु भयाे  ।

‘नेपालमा अहिले लगानीको समस्या छ, सुरक्षित लगानीका लागि एनआरएनएको साथमा सरकार छ’ मन्त्री डा. महतले भने, सरकारले एनआरएनएलाई निराश हुने काम कहिले गर्दैन ।

लगानी गर्न चाहने साथीहरुले कुनै कारणबाट निरुत्साहित हुनु पर्दैन ।’ लगानी मैत्री वातावरणमा समस्या भए आर्थिक ऐनमार्फत् सम्बोधन गरिने आश्वासन मन्त्री डा. महतले दिए । आगामी बजेटमार्फत् पनि धेरै कुरा सम्बोधन गर्न सकिने अर्थमन्त्रीले बताउनु भयाे ।

भेटमा एनआरएनए संस्थापक महासचिव भीम उदास, वर्तमान कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्व उपाध्यक्ष रामेश्वर साह, सोनाम लामा, एनआरएनए युके पूर्वअध्यक्ष योगेन क्षेत्रीलगायत दर्जन बढीको सहभागिता थियो ।

मा प्रकाशित