नयाँ वर्ष २०८० काे अवसरमा नेपाल टेलिकमले ग्राहक अफर उपलब्ध गराउने

आर्थिक परिवेश

२९चैत्र, काठमाडौं ।  नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ । सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेजमा यस्ता सेवा उपलब्ध गराउने टेलिकमले जनाएकाे छ ।

कम्पनीले  ४९ रुपैयामा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने छ ।

यसैगरी डाटा प्याकेज अन्तर्गत  ९८ रुपैयामा ३ दिन चलाउन सकिने ६ जीबी डाटा,  १९९ रुपैयामा ७ दिन चलाउन सकिने १३ जीबी डाटा,  २९४ रुपैयामा १० दिन चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयामा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध गराउने छ ।

त्यसैगरी एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउने छ । यस अनुसार  २०० देखि ४९९ रुपैया सम्मको रिचार्ज गर्दा २ दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी  ५०० र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डाटा उपलब्ध हुनेछ ।

नेपाल टेलिकमले उपलब्ध गराउने सो अफर भोलि (२०७९ चैत ३०) देखि आगामी २०८० बैशाख ६ गतेसम्म प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकले प्याकेज किन्न सक्ने  नेपाल टेलिकमले जनाएकाे  छ ।

मा प्रकाशित