वित्तीय क्षेत्र चुनौतीपूर्ण अवस्थामै रहेको छ : कामु गभर्नर

आर्थिक परिवेश

१४ बैशाख, काठमाडाै‌‌‌ ।     नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले वित्तीय क्षेत्र चुनौतीपूर्ण अवस्थामै रहेको बताउनु भएकाे  छ।

नेपाल राष्ट्र बैंकको ७०औँ वार्षिक उत्सवका अवसरमा  अायाेजित कार्यक्ममा  बोल्दै उहाँले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिए पनि कर्जामा अपेक्षित सुधार नदेखिँदा वित्तीय क्षेत्र अझै चुनौतीपूर्ण अवस्थामै रहेको  बताउनु भएकाे हाे ।

आन्तरिक अर्थतन्त्रमा संरचनागत एवं व्यवस्थापनजन्य विषयहरुको सम्बोधन अहिलेको आवश्यकता भएको उहाँको भनाइ छ।

यो उच्च तरलता र न्यून ब्याजदरका बाबजुद पनि निजी क्षेत्रतर्फ कर्जा जान नसक्दा त्यसले वित्तीय क्षेत्रको चुनौती कायमै राखेको ढुंगानाले बताउनु भयाे ।

अर्थतन्त्र लयमा आउन थालेको बताउँदै उहाँले बाह्य क्षेत्र समेत सबल हुँदै गएको अवस्थामा कर्जा प्रवाह पनि बढाउनुपर्ने चुनौती रहेको बताउनु भयाे।

अमेरिकाको भन्सार दर नीति तथा व्यापार नीति र रुस युक्रेनको युद्धले समेत मुद्रास्फीति, वैदेशिक सहायता एवं बाह्य क्षेत्र व्यवस्थापनमा चुनौती थपिने कामु गभर्नर ढुंगानाको भनाइ छ।

उहाँले नेपालको वित्तीय पहुँच र डिजिटल अर्थतन्त्रको विस्तारमा भने उल्लेख्य प्रगति हासिल गरिएको पनि उहाँले बताउनु भयाे ।

मा प्रकाशित