१६ बैशाख काठमाण्डाै । एनएमबी बैंकले हरित बन्ड जारी गर्न अन्तर्राष्ट्रिय निकायहरु आईएफसी, बीआईआई र मेटलाइफसँग साझेदारी गरेको छ।
यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्ययमहरुमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गुणस्तरीय रोजगारी सिर्जना हुने लक्ष्य रहेको बैंकले जनाएको छ।
त्यसैगरी, यसले देशको उर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास बैंकको छ।
उक्त समझदारीपत्रमा बैंकका सञ्चालक समिति अध्यक्ष मनोज कुमार गोयलले हस्ताक्षर गर्नु भएकाे छ । यस प्रयासमार्फत नवीकरणीय ऊर्जालगायतका क्षेत्रहरुमा एक पारिवर्तनकारी फड्को मारिने विश्वास गरेको उहाँले बताउनु भयाे ।
मा प्रकाशित