ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गरौ‌‌ प्रधानमन्त्री दाहाल

आर्थिक परिवेश

३० चैत्र, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न लगानी बोर्डलाई आग्रह गर्नुभएको छ ।

लगानी बोर्ड नेपालको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री  दाहालले त्यस्तो बताउनु भएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन हामीलाई ठूलो लगानीको आवश्यकता छ । ’

उहाँले वैदेशिक पुँजी तथा प्रविधि भित्राएर स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्नु पनि उत्तिकै आवश्यक रहेको औंल्याउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे, ‘दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन हामीलाई ठूलो लगानीको आवश्यकता छ ।

तर सरकारसँग लगानीका सीमित स्रोतहरू रहेको हुनाले स्वदेशी तथा विदेशी निजी क्षेत्रको सहभागिता अपरिहार्य छ ।

वैदेशिक पुँजी तथा प्रविधि भित्राई स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्नु पनि उत्तिकै आवश्यक छ ।

नेपालमा वैदेशिक लगानीको प्रतिवद्धता र लगानी प्राप्तिमा ठूलो अन्तर रहेको छ । यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबै निकायले गम्भीरतापूर्वक ध्यान दिन आवश्यक छ ।

परियोजना विकास र कार्यान्वयन नेपालमा असाध्यै जटिल हुँदै गइरहेको देखिएको छ ।

विशेषगरि परियोजनाको लागि जग्गा प्राप्ति, स्थानीयका मागका सम्बोधन जस्ता विषयहरूका कारण परियोजना समयमै सम्पन्न हुन नसकी परियोजनाको लागत बढ्ने क्रम बढिरहेको हुनाले यस सम्बन्धमा सबै मन्त्रालय र निकायहरूले एकीकृत भएर कार्य गर्न निर्देशित गर्दछु ।

मुलुकको प्रधानमन्त्री नै अध्यक्ष रहने गरी गठन भएको बोर्डको निश्चित अर्थ रहेको छ ।

बोर्डको सफलतासँग प्रधानमन्त्रीको समेत सफलता जोडिएको हुन्छ ।

त्यसैले ठूला पूर्वाधार परियोजनाको विकास गर्ने, ढाँचा तय गर्ने, लगानीका स्रोत जुटाउने, परियोजनाको कार्यान्वयन, अनुगमन र सहजीकरण जस्ता विषयमा सम्बद्ध निकायको सहयोग आवश्यक पर्दछ  ।

प्रधानमन्त्री दाहालले यस्ता महत्वपूर्ण विषयहरूको सम्बन्धमा नीतिगत तथा कानुनी सुधारमा मन्त्रीज्यूहरूले विशेष ध्यान दिनुपर्ने र प्रशासनिक विषयमा मुख्यसचिव, मन्त्रालयका सचिवहरूले लगानी बोर्डको कार्यालयसँग समन्वय गरी अघि बढ्न निर्देशन गर्दछु भन्नु भयाे ।

लगानी बोर्डले सहजीकरण गरेका परियोजनाहरूमा भरपुर सहयोग गर्न र अन्य कार्यालय भन्दा पृथक भएकोले स्रोतको अभाव हुन नदिन बोर्डको उपाध्यक्ष  अर्थमन्त्रीकाे विशेष ध्यानाकर्षण गराउँछु प्रधानमन्त्री  दाहालले भन्नु भयाे ।

स्वदेशी, विदेशी र ठूलो आकारका आयोजनाहरु निरमाण नेपाल लगानी बोर्ड मार्फत् अगाडि बढाइने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालकाे अध्यक्षतामा बसेकाे लगानी बोर्डको ५३ औं बैठकले यस्तो आयोजना अगाडि बढाउने निर्णय गरेको हो ।

बैठक पछि पत्रकारहरुस‌ँग कुरागर्दै  अर्थमन्त्रि डा. प्रकाशशरण महतले ऊर्जा क्षेत्रमा जलविद्युत् आयोजनालाई अघि बढाउने निर्णय भएको बताउनु भयाे  ।

तल्लो अरुण, माथिल्लो मर्स्याङ्दी, दूधकोशी–२ लगायत जलविद्युत आयोजनालाई अगाडि बढाउने लगानी बोर्डकाे बैठकले निर्णय गरेको छ ।

त्यसैगरी सिमेन्टमा लगानी भएका आयोजनामा उत्पादन तहमा पुगेका छन्, त्यससँग जोडिएको विषयमा पनि केही निर्णय भएको मन्त्री डा. महतले बताउनु भयाे ।

रसायनिक मल उत्पादनको चासो सर्वत्र छ । त्यस विषयमा पनि लगानी बोर्डले केही निर्णय गरेको छ ।

लगानी बोर्डका उपाध्यक्ष समेत रहेका अर्थ मन्त्री डा. महतले भने, ‘मल उत्पादनका लागि वैदेशिक लगानीकर्ताले विस्तृत अध्ययन गर्न अनुमति पर्खिरहनु भएको छ, दुईवटा वैदेशिक लगानीकर्तालाई अनुमति दिने प्रकृया अगाडि बढाउने निर्णय भएको छ ।’

लगानीसँग जोडिएको अन्य धेरै विषयमा बोर्डमा छलफल भएको मन्त्री डा. महतले बताउनु भयाे  ।

उहाँले, ‘यतिबेला लगानी विभिन्न चरणमा छन्, कोही अध्ययनको चरणमा छन्, कोही सम्पन्न हुने चरणमा छन्, कोही कार्यान्वयनको चरणमा पुगेका छन् ।

यी विभिन्न चरणमा भएका आयोजनाहरुलाई अगाडि बढाउने र त्यो सँगसँगै आगामी दिनमा लगानी बोर्डको प्राविधिक लगायत अन्य क्षमतामा वृद्धि गरेर भविष्यमा थप लगानीको परिवेश निर्माण गर्ने कुरामा छलफल भएको थियो ।’

बोर्ड बैठकमा कार्यविधि, ऐनमा संशोधन गर्नुपर्ने कुरा उठेका थिए, त्यस विषयमा सरकारले आवश्यकताअनुसार निर्णय लिने मन्त्री डा. महतले बताउनु भयाे  ।

उनले भने, ‘आगामी दिनमा लगानी सम्मेलन गर्ने विषय पनि उठेको थियो, त्यसको उपयुक्त मिति छलफल पछि टुंग्याइने छ ।’

मा प्रकाशित