युराेपमा नेपाल प्रर्वद्धन : बेल्जियमको मिनि नेपाल लुभेनमा नेपाली मेला

आर्थिक परिवेश
२ बैशाख, बेल्जियम ।  युराेपमा नेपाली उत्पादन, कला–संस्कृति र पर्यटनको प्रवर्द्धन, नेपाली मौलिक खानाको प्रचार प्रसार गर्ने उद्देश्यले बेल्जियमको मिनि नेपाल भनेर चिनिने लुभेन सहरमा शनिवार एक दिने नेपाली मेला आयोजना  भएको छ।
गैर आवासीय नेपाली संघ बेल्जियमको आयोजनामा हरेक वर्ष  हुने  मेलाकाे यस बर्ष नेपाली दूतावास बेल्जियम (ब्रसेल्स), स्थानीय लुभेन नगरपालिका र आएआइएफ लगायत नेपाली सङ्घसंस्थाको सहकार्य रहेको छ।
नेपाल प्रर्वद्धन अन्तर्गत नेपालको पर्यटन प्रवर्द्धन गर्ने समेत उद्देश्य मेलाकाे रहेको आयोजक एनआरएनए बेल्जियमले जनाएको छ।
मेलामा नेपाली झाँकी, लाखे नाच, भेषभुषा खाना लगायतका स्टलहरू प्रदर्शनीमा राखिएका छन्। मेला सुरु हुनु अघि नेपाली मन्चेबाजा सहरको मध्य भागमा गुन्जिदा बेल्जियवासीहरुले मनोरञ्जन लिएका थिए।
प्रमुख अतिथिको रुपमा मेलालाई सम्बोधन गर्दै लुभेन नगरपालिकाका मेयर महमद रिजवानीले नेपाली समुदायले लुभेन सहरमा खेलेको भूमिका प्रशंसा गर्नु भयाे ।
उहाँले नेपालमा गएको महाभूकम्पको बेला लुभेनबासीले गरेको सहयोगको स्मरण गर्दै आगामी दिनमा नेपाल र नेपाली समुदायको हितमा मिलेर काम गर्ने प्रतिबद्धता जनाउनु भयाे ।
कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा‍. हेम राज शर्माले गैर आवासीय नेपाली संघ विश्वकै एक यूनिक संस्था रहेको र यसले विश्वमा नेपाल  प्रवर्द्धन  गर्दै अाएकाे बताउनु भयाे ।
गैर आवासीय नेपाली संघको आयोजनामा भएको नेपाली मेला निकै आकर्षक र नेपाल झल्किने रहेको बताउनु भयाे।
शर्माले विदेशी सहरमा आयोजना हुने यस्ता मेलाले नेपालको पर्यटन प्रवर्धन तथा विदेशमा जन्मिएर हुर्किँदै गरेको दोस्रो पुस्तालाई नेपाली चिनाउने महत्त्वपूर्ण भूमिका हुने बताउनु भयाे ।
उहाँले नेपालको भाषा र संस्कृतिलाई विश्वभर चिनाउन सबै पक्षसँग मिलेर काम गर्न समेत आव्हान गर्नु भयाे ।
उद्घाटन कार्यक्रममा बोल्दै बेल्जियमका लागि नेपाली राजदूत गहेन्द्रराज भण्डारीले नेपाली कला र संस्कृतिलाई विदेशी भूमिमा चिनाउन सक्रिय एनआरएनए बेल्जियमलाई धन्यवाद दिँदै मेलाको सफलताको लागि शुभकामना दिनुभयाे।
गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्का बहादुर केसीले मेला युराेपमा नेपाल प्रवर्द्धन गर्न सहयाेगि हुने बताउनु भयाे ।
 मेला भर्न करिब ५ हजार भन्दा बढी नेपाली तथा विदेशीहरू लुभेन सहर पुग्ने आयोजक एन आर एन ए वेल्जियमले जनाएको छ।
मेला एन आर एन ए वेल्जियमको आयोजना तथा नेपाली दुतावासको संरक्षकत्व साथै बेल्जियम स्थित नेपाली साथै स्थानिय संध संस्थाहरुको सह- आयोजनामा  १५ अप्रिल २०२३ का दिन बेल्जियमको लुभेन शहरमा भब्य रुपमा सम्पन्न भएको हाे ।
नेपाली नयाँ वर्ष २०८० तथा १५औं नेपाल महोत्सव कार्यक्रममा सहयोग गर्ने संध संस्था, प्रायोजकहरु, कार्यसमिति का सक्रिय मित्रहरु , पत्रकारहरु , कलाकार   साथै प्रत्यक्ष अप्रत्यक्ष रुपमा कार्यक्रम सफल बनाउनको निमित्त सहयोग गर्नुहुने हरुलाई एन आर एन ए बेल्जियमले  धन्यवाद दिएकाे छ ।
मा प्रकाशित