नेपाल र बेलायतबीच भूपू गोर्खाहरुको माग सम्बोधनका वारेमा लण्डनमा छलफल

आर्थिक परिवेश

७ बैशाख,काठमाडाै  ।  नेपाल र बेलायतबीच भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको दोश्रो वैठक  बुधवार लण्डनमा  सम्पन्न भएकाे छ ।

संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र संयुक्त अधिराज्य बेलायतका रक्षा राज्यमन्त्री  एन्डीउ मरिसन बीच भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा छलफल भएकाे हाे  ।

वैठकमा विशेष गरी नोभेम्बर ३, २०२२ मा भएको समितिको पहिलो वैठक तथा प्राविधिक तहमा भएको
छलफलका आधारमा पेन्शन एवं कल्याणकारी सुविधाहरुका बारेमा भएको प्रगतिको समीक्षा भएकाे बेलायतसि्थत नेपाली राजदूतावासले जनाएकाे छ ।

यस अघि प्राविधिक तहमा छलफल गर्न बाँकी केही विषयहरुमा पुनः प्राविधिक तहको वैठक र सेप्टेम्बर महिनामा द्विपक्षीय
समितिको अर्को वैठक बस्ने तय भएको छ।

बैठकमा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल र संयुक्त अधिराज्यबीच रहीआएको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै यसको आधारस्तम्भको रुपमा रहेका भूपू गोर्खाका मागहरुका विषयमा दीर्घकालीन समाधानका लागि पहल गर्न  बेलायती रक्षा राज्यमन्त्रीलाई अनुरोध गर्नुभयो।

बैठकमा परराष्ट्र मन्त्रालयका यूरोप अमेरिका महाशाखा प्रमुख  दिलीप पौडेलले नेपाल सरकारको तर्फबाट भूपू गोर्खाहरुको माग सम्बोधनका विषयमा आफ्नो विचार राख्नुभयो।

भूपू गोर्खाहरुको तर्फबाट जुदबहादुर गुरुङ्गले सम्बोधन हुन बाँकी सबै मागहरुका बिषयमा विस्तृतमा आफ्नो धारणा राख्नुभयो।

बैठकमा नेपाली राजदूतावासका उप-नियोग प्रमुख  रोशन खनाल, सैनिक सहचारी महासेनानी रत्न बहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट  धर्मबहादुर तामाङ,  कृष्णबहादुर राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको थियो।

मा प्रकाशित