११ बैशाख, सिडनी । नेपाली युवाहरुको वैदेशिक रोजगारी तथा अध्ययनको प्रमुख गन्त्व्यको रुपमा विकास भएको अष्ट्रेलियामा नेपाली समुदायका युवाहरुले विभिन्न उद्यमको माध्यमबाट त्यहाँको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउन थालेका छन ।
अष्ट्रेलियामा स्थापित हुदै गरेका नेपाली समुदायका युवाहरुले आआफनो उद्यमलाई के कसरी विकास गर्न सकिन्छ भनेर हालै राष्ट्रिय उद्यमशिल सम्मेलनको आयोजना गरेका छन् ।
गैर आवासीय नेपाल संघ (एनआरएनए) अष्ट्रेलियाको आयोजनामा भएको सम्मेलनमा विभिन्न क्षेत्र, पेशा र ब्यवसायबाट प्रतिनिधित्व गर्ने २०० भन्दा बढी विज्ञ तथा विशेषज्ञहरुको सहभागी रहेकाे थियो।
कार्यक्रममा बिभिन्न ब्यवसायका सञ्चालक, लगानीकर्ता, विभिन्न विषयका विज्ञ, राजनीतिज्क, कुटनीतिक क्षेत्रका प्रतिनिधि तथा समुदायका अगुवाहरुले सम्मेलनमा आ -आफ्ना विचार र अनुभव साटासाट गर्नु भएकाे छ ।
अष्ट्रेलियामा छरिएर रहेका नेपाली उद्यमी तथा बुद्धिजीवीहरूलाई समेटेर समसामयिक विषयमा व्यवसायको विकास र विस्तारसँगै सिकेको ज्ञान र अनुभवलाई आपसमा साटासाट गर्ने काम सम्मेलनका क्रममा भएको छ।
सम्मेलनका वक्ताहरूले पछिल्लो समय अष्ट्रेलियामा बढ्दो नेपाली समूदायको औद्योगिक तथा उद्यमशिलताकाे अभियानमा साथ दिने प्रतिबद्धतासमेत जनाएका छन् ।
सम्मेलनका क्रममा विभिन्न व्यक्तिका सफलता, व्यवसायीक सफलताका भिडियो सामाग्री समेत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा महिला उद्यमशीलताका विषयमा विधायक परिषद सदस्य,न्युसाउथवेल्स राज्यकी सांसद ज्याकी मुनरोले अनुभव सहभागिहरु बीच पेश गर्नु भएकाे थियाे ।
लिबरल पार्टीकी उपाध्यक्ष र महिला परिषद्का अध्यक्षसमेत रहनु भएकी ज्याकीले व्यवसायमा कसरी सफलता पाउन सकिन्छ भन्ने अनुभव प्रस्तुत गर्नु भएको थियो ।
यस्तै २३ वर्षको उमेरमै सफल व्यवसायी बनेकी मन्डी गन्सबर्गरले आफ्नो सफलताको कथा सुनाउनु भयाे ।
यस्तै अष्ट्रेलियाको अर्थ ब्यवस्था, प्रबिधि र उद्यमशीलताको सम्बन्ध, उद्यमशीलता, प्रविधि र आविस्कारले बृद्धबृद्धा हेरचाहसम्बन्धी सेवामा गर्न सकिने रूपान्तरण, ब्यवसायमा प्रतिस्पर्धा कि सहकार्य अनि हाँसो योगाका माध्यमबाट कसरि सफल बन्न सकिन्छ भन्ने बारे विभिन्न विज्ञहरुले आफ्नो अनुभव आदानप्रदान गर्नु भएको थियो ।
कार्यक्रममा अष्ट्रेलियाका विभिन्न राज्यका सफल युवा व्यवसायीको सफलताको कथाले नवप्रवेशीले केही ज्ञान पाउने अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेलले बताउनु भयाे ।
एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष तथा सम्मेलन आयोजक समितिका संयोजक अनिल पोखरेलले हरेक दुई वर्षमा आयोजना हुने यो एनआरएन अष्ट्रेलियाको नियमित कार्यक्रम भए पनि यस पटक थप पृथक बनेको उल्लेख गर्नु भयाे ।
यस अघि नै त्यहाँ स्थापित भइसकेका उद्यमी र नयाँ उद्यमीहरू एउटै स्थानमा भेला हुने, विचार तथा अनुभवहरू आदन प्रदान गर्ने र उनीहरू बीचको नेटवर्किङलाई बढाउने उद्देश्यले सम्मेलन सफल भएको पोखरेलले बताउनु भयाे ।
मा प्रकाशित