नेपालमा चौथो अन्तराष्ट्रिय चिया महोत्सव शुरु बायरहरुलाई चिया बारी घुमाउने तयारी

आर्थिक परिवेश

१४ वैशाख, काठमाडौं ।  नेपालमा उत्पादित चियाको अन्तराष्ट्रिय बजार प्रर्वद्धन गर्ने र चियाको गुणस्तरीय उत्पादनमा जोड दिने उद्देश्यले नेपालमा चौथो अन्तराष्ट्रिय चिया महोत्सव शुरु बिहिवारदेखि शुरु भएको छ ।

कृषि तथा पशपंक्षि विकास मन्त्री डा.बेदुराम भुषालले काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रमका बीच चौथो नेपाल अन्तराष्ट्रिय चिया महोत्सवको शुभारम्भ गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशपंक्षी विकास मन्त्री डा. भुषालले नेपाली चियोको विकास र प्रर्वद्धनका लागि महोत्सवले महत्वपूर्ण सहयोग गर्ने बताउनु भयो ।

उहाँले सरकारले नेपाली चियाको क्षेत्र विकास तथा प्रर्वद्धन र गुणस्तरीय उत्पादनमा जोड दिएको र यस क्षेत्रमा लगानी प्रर्वद्धन गर्न आवश्यक सहयोग गरिरहेको बताउनु भयो ।

३ दिन अर्थात आगामी शनिवारसम्म चल्ने महोत्सवमा नेपालका चिया उत्पादक,उद्यमी तथा व्यवसायीहरु सहित र नेपालको चिया निर्यात हुने देश चीन, अमेरिका, अष्ट्रेलिया जापानका नेपाली चियाका आयातकर्ता तथा व्यवसायीहरुको सहभागिता रहेको छ ।

यस क्रममा मुख्य रुपमा शुक्रवार इलाममा महोत्सवकाे विशेष कार्यक्रम र विदेशी सहभागीहरु लाई चिया बगानको स्थलगत भ्रमण गराउने लगायतका कार्यकम आयोजना गरिने भएको छ ।

मा प्रकाशित