२० वैशाख, काठमाडौं। निरन्तर रुपमा घट्दाे क्रममा रहेकाे नेपाली सुनचाँदी बजारमा बुधवार सुनकाे मुल्यमा उच्च वृद्धि भएकाे छ । यस दिन सुनको मूल्य एकै दिन तोलामा १ हजार ८ सय रुपैयाँ बढेको छ।
बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
साताको दोस्रो दिनकाे तुलनामा २ सय घटेर मूल्य निर्धारण हुँदा मंगलबार सुन तोलाको १ लाख ८ हजार ८ सय थियो। साताको प्रारम्भमा १ लाख ९ हजार २ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य तीन दिनमा ४ सय घटेको थियो।
यस दिन चाँदीको मूल्य पनि बलियो भएको छ। २० रुपैयाँको बृद्धि पछि बुधबार चाँदी प्रतितोला १४ सय २५ रुपैयामा काराेवार भएको छ। मंगलबार तोलाको १४ सय ५ थियो भने आइतबार र सोमबार १४ सय १५ रुपैयाँमा स्थिर रहेकाे थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा घटबढ जारी छ। सोमबार प्रतिऔंस १९८२.८८ डलरले कारोबार भएको सुन मंगलबार १९८३.९९ डलरमा उक्लिएको थियो। बुधबार अझ उकालो लागेर प्रतिऔंस २०१५.८ डलरले कारोबार भइरहेको छ।
चाँदी सोमबार प्रतिऔंस २५.०८ डलरले कारोबार भएको थियो। मंगलबार घटेर २४.८५ डलरमा आइपुगेको थियो, तर बुधबार पुनः बढोत्तरीसँगै प्रतिऔंस २५.२६ डलरमा उक्लिएको छ।