३० जेठ , काठमाण्डौं । सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर नलगाउने भएको छ ।
बजेट बक्तब्यमा १० लाख माथिको सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने भनिएको थियो ।
सरकारले गरेको उक्त घोषणाको सुनचाँदी ब्यवसायीले चरणवद्ध रुपमा विरोध गर्दै आएका थिए । उनीहरुले मंगलबार सिंहदरवारमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटगरी सो कर फिर्ता गर्न माग गरेका थिए ।
भेटका क्रममा अर्थमन्त्री डा. महतले सुनचाँदीको कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नभएको बताउनुभयो ।
सुनका गरगहना हुने खाने देखि हुँदा आमनेपाली सम्मले प्रयोग गर्ने भएकोले यस्ता गरगहनामा थप विलासिता कर लगाउने सरकारको नीति नभएको प्रष्ट पार्नुभएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
अर्थमन्त्री महतसँगको भेटमा नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बजेटले गरेको नयाँ ब्यवस्था अनुसार सुनचाँदी ब्यवसायीलाई परेको प्रभावका बारेमा जानकारी गराउनुभएको थियो ।
मा प्रकाशित