सहुलियतपूर्ण कर्जाकाे  दुरूपयाेग भएकाे पाइएमा ब्याजसिहत असुली हुन्छ : गभर्नर

आर्थिक परिवेश

७ असार, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाकाे  उपयाेगका सम्बन्धमा स्वतन्त्र परीक्षकहरूबाट अध्ययन भै रहेकाे जनाएकाे छ ।

आइतबार मौद्रिक नीतिका वारेमा जानकारी गराउन आयाेजित  पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अध्ययन प्रतिवेदका आधारमा सहुलियतपूर्ण कर्जाकाे  दुरूपयाेग भएकाे पाइएमा रकम ब्याजसिहत असुली गर्ने बताउनु भयाे ।

गभर्नर अधिकारीले  ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको स्पष्ट पार्नु भयाे  ।

गभर्नर  अधिकारीले ५० लाख रुपैयाँसम्मको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएकाे बताउनु भयाे  ।

यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशत र त्यसभन्दा माथिको कर्जामा १५० प्रतिशत थियो ।

सरकारबाट लाइसेन्स लिएर आवासीय घर बनाउने रियल इस्टेटमा जाने कर्जामा पनि जोखिम भार १५० बाट १०० मा झारेको उहाँले बताउनु भयाे  ।

अन्य रियल इस्टेटमा जाने कर्जाको जोखिमभार भने १५० प्रतिशत नै यथावत रहेको उहाँले बताउनु भयाे  ।

यस्तै हायर पर्चेजमा २५ लाख सम्मको ऋणको जोखिम भार १५० बाट १०० रहने जानकारी गभर्नरले उल्लेख गर्नु भयाे  ।

हाल बैंक तथा वित्तीय संस्थाले पुँजी पर्याप्तता अनुपात ११ प्रतिशत छ । यसको अर्थ १ करोड ऋण प्रवाह गर्न बैंकले ११ लाख रुपैयाँ पुँजी अनिवार्य राख्नुपर्ने हुन्छ ।

तर, १ सय ५० प्रतिशत जोखिम भार राख्नुपर्ने क्षेत्रमा कर्जा प्रवाह गर्दा चाहिँ १ करोड ऋण दिँदा त्यसको जोखिम १ सय ५० प्रतिशत अर्थात् १ करोड ५० लाख मानी त्यसको ११ प्रतिशतले हुन आउँने पुँजी बैंकले राख्नुपर्छ ।

मा प्रकाशित