२२ कार्तिक,काठमाडौं। एसियाली बैंकर्स एसोसिएसन(एबीए) को ३९ औं वार्षिक सम्मेलन बिहिबारदेखि काठमाडौंमा हुने भएकाे छ।
सम्मेलन नेपाल बैंकर्स संघ(एनबीए)को पहलमा पहिलोपटक नेपालमा हुन लागेको हो।
बैंकिङ क्षेत्रमा देखिएको व्यापक उतारचढावकाबीच एसियाली बैंकर्स एसोसिएसनको सम्मेलन काठमाडौंमा गर्न लागिएको हो जहाँ एसियाका २५ भन्दा धेरै मुलुकका ६० बैंकका बैंकर सहभागी हुनेछन्।
सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्बोधन गर्नेछन्।
सम्मेलनमा विभिन्न मुलुकका २० भन्दा बढी वक्ताहरूले धारणाा राख्ने कार्यक्रम रहेकाे नेपाल बैकर्स संङले जनाएकाे छ ।
सम्मेलनमा एबीएका अध्यक्ष यूजीन एस एसेभेडो, एसियाली विकास बैंकका निर्देशक अब्दुल अबियाद, फाइनान्सियल होल्डिङ कम्पनीका पूर्वअध्यक्ष र सीईओ डेनियल वू, ह्याटन नेसनल बैंकका कार्यकारी निर्देशक तथा प्रमुख अपरेटिङ अफिसर दिलशान रोड्रिगोले वक्तव्य दिनेछन्।
सिंगापुरको यूरेसिफिक स्ट्राटेटिजका सीईओ राफेल गोउ, बैंक अफ भुटानका सीईओ दोर्जी काडिन, यूकेको एबे नेसनलका पूर्वसीईओ जोन बेरी र अर्स्टे ग्रुप बैंक एजीका कार्यकारी निर्देशक पॉल बोस्बाच र इन्टरनेसनल कम्प्लायन्स एसोसिएसन (आईसीए)का अध्यक्ष पेक्का डारे पनि वक्ता हुन्।
सम्मेलनमा बैंकिङ र वित्तीय क्षेत्रका समस्याबारे सम्मेलनमा छलफल हुनेछ।
एनबीएले सममेलनलाई नेटवर्क बिस्तार गर्ने अवसरका रुपमा लिएको छ। ‘मुख्य कुरा हामीले उनीहरुको विशेषज्ञता र अनुभवबाट सिक्न पाउनेछौं।
सम्बन्ध बिस्तार गर्ने मौका पनि उत्तिकै छ,’ नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले सम्मेलनकाे क्रममा विदेशी बैंकले नेपालमा शाखा बिस्तार गर्ने प्रस्ताव लगायतका वारेमा पनि छलफल हुने बताउनु भयाे ।
मा प्रकाशित