२२ कार्तिक, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल ूप्रचण्डूलाई मङ्गलबार एक कार्यक्रमका बीच एक करोड रुपैंयाको चेक रकम हस्तान्तरण गर्नु भएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकको तर्फबाट एक करोड रुपैंया मङ्गलबार ट्रान्सफर गरेको छ ।
उक्त कार्यक्रममा मुख्य सचिव डा.बैकुण्ठ अर्याल, स्वकिय सचिव गंगा दहाल, बैंक सञ्चालक समिति सदस्यहरु रोमिला ढकाल उप्रेती,सुशिल घिमिरे र लक्ष्मण घिमिरे, नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, विमल डंगोल, पवन रेग्मी, विनयरमण पौडेललगायतकाे उपस्थिति रहेको थियो ।
मा प्रकाशित