२६ कार्तिक, काठमाडाैं । गोल्डस्टार शूज कम्पनीले जाजरकोटका भूकम्प पीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गोल्ड स्टानर सुजकी कार्यकारी निर्देशक विदुषी राणाले उक्त सहयोग सामग्री हस्तान्तरण गर्नु भएकाे छ ।
किरण शूज म्यानुफ्याक्चर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज कम्पनीले पीडितहरुका लागि ३५ लाख ६८ हजार १५० रुपैयाँ बराबरको १० हजार २२ थान जुत्ता तथा चप्पलहरु सहयोग प्रदान गरेको हो ।
गोल्डस्टार शूजकि कार्यकारी निर्देशक विदुषी राणाले ‘जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूलाई सहयोगको हात बढाएकाे बताउनु भयाे ।
सन् १९९० मा स्थापित किरण शूज म्यानुफ्याक्चरर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज नेपालको सबैभन्दा ठूलो जुत्ता निर्माता कम्पनी हो ।
मेड इन नेपाल नाराका साथ यो ब्रान्ड ग्राहकहरूलाई उचित मूल्यमा गुणस्तरीय उत्पादन प्रदान गर्नका लागि सुपरिचित छ ।
समयक्रममा गोल्डस्टारले बजारको माग सँगै आफुलाई समायोजन परिमार्जन गर्दै हाल आफुलाई फेसन ब्रान्डका रूपमा स्थापित गर्न सफल भएकाे छ ।
हालै मात्र यसले प्रिमियम तथा उच्च गुणस्तरका जुत्ताहरुको एक विशेष शृंखलाको सुरुवात गरेको जनाएकाे छ ।
मा प्रकाशित