फूडमान्डुले सेवा विस्तार गर्दै,झण्डै ४० लाख डलरको लगानी थप

आर्थिक परिवेश

२७ कार्तिक, काठमाढौं ।  नेपालको पहिलो खाना घरघरै पुरयाउने कम्पनी फूडमान्डुले हालसम्म ४ लाखभन्दा बढी स्वादका पारखीहरुलाई आफ्नो सेवा प्रदान गरेको जनाएको छ ।
भर्खरै मिनिमम अमाउन्टको अर्डर गर्नु पर्ने बाध्यता हटेपछि अझै बढी ग्राहकहरुले फूडमान्डु मार्फत अर्डर गर्ने क्रम बढेको जनाएको छ ।
साथै सुरुवातमा १० वटा रेस्टुरेन्टहरूबाट मात्र आवद्व भएर खाना विभिन्न ठाउमा पुरयाउदै आएको फुडमाण्डुले संचालनको तेह्र बर्यमा हाल १४ सय रेस्टुरेन्टहरूसंग आवद्व भएर २५० भन्दा बढी फुलटाइम राइडरहरू कार्यरत खाना पुरयाउने काम गर्दे आएको जनाएको छ ।
सुरुवाती दिनहरुमा केवल १० जनकोे मात्र अनलाइन अर्डर आउँथ्यो भने अधिकांशले फोन कल मार्फत नै अर्डर दिन्थे ।
हिजोआज दैनिक ९५५ अर्डरहरू फूडमान्डुको मोबाइल एप मार्फत आउँने गरेको कम्पनीले जनाएको छ । फूडमान्डुको मोबाइल एप अहिलेसम्म ५,लाख पटक भन्दा बढीपटक डाउनलोड भइसकेको छ ।
सन् २०१६ मा पहिलो चरणको लगानी टिएनएबाट संकलन गर्न सफल भएको फुडमाण्डुले सन् २०२० मा टिम भेन्चर्सबाट दोस्रो चरणको लगानी संकलन गरेको थियो ।
हालै झण्डै ४० लाख डलरको अहिले सम्मको सबै भन्दा ठूलो र तेस्रो लगानी डोल्मा इम्प्याक्ट फण्डबाट हालै मात्र संकलन गर्न सफल भएको कम्पनीले विज्ञप्ती मार्फत जनाएको छ ।

मा प्रकाशित