१५ फागुन, काठमाडौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आगामी वैशाखमा हुने लगानी सम्मेलनका लागि सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।
नेपाल उद्योग परिसङ्घको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एशोसियशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीका पदाधिकारीसँग मंगलवार भएको भेटमा नेपाल सरकारका प्रव्क्ता समेत रहनु भएकी सञ्चारमन्त्री शर्मालेे त्यस्तो आग्रह गर्नुभएको हो ।
लगानी सम्मेलनमा अन्य क्षेत्रको जस्तै सूचना प्रविधि क्षेत्रको लगानी प्रस्तुत गर्न आवश्यक रहेकाले आवश्यक परियोजना भए लिएर आउन आग्रह गर्दै मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा परियोजना बैंक बनाउनुपर्ने बताउनुभयो ।
डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरेदेखि नै डिजिटल रुपान्तरणलाई रणनीतिको रूपमा राखिए पनि नेपालमा सूचना प्रविधिकाे विकासकाे सम्बन्धमा साझा दृष्टिकोण नै बन्न नसकेकाे बताउनु भयाे ।
सूचना प्रविधिकाे क्षेत्रमा आवश्यक लगानीको वातावरण नबनेको उल्लेख गर्दै सञ्चार मन्त्री शर्माले सरकारी, निजी क्षेत्र र जनस्तरमा सूचना प्रविधिप्रतिको साझा बुझाइ आवश्यक रहेको बताउनुभयो ।
छलफलमा नेपाल उद्योग परिसङ्घको सूचना प्रविधि परिषद्, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एशोसियशन फर सफ्टवेयर एण्ड आइटी सर्भिसेज कम्पनीका पदाधिकारीहरूले नेपालमा ठूला लगानीकर्ताले सूचना प्रविधि क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्ने बताउनु भएको थियो ।
मा प्रकाशित