
२२ भदौ, काठमाण्डौ । साताको पहिलो कारोबार दिन सोमवार नेपाली शेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।
गत साताको पछिल्लो तीन कारोबार दिनदेखि बढिरहेको नेप्सेले सोमवार पनि बढने क्रमलाई निरन्तरता पाएको छ ।
सोमबार नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा पुगेको छ । नेप्सेसँगै यस दिन बजारको कारोबार रकम पनि बढेको छ ।
अघिल्लो कारोबार दिन गत बिहीबार ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको शेयरको किनबेच भएको बजारमा यस दिन ३५२ कम्पनीहरुका ९२ लाख ९८ हजार कित्ता शेयरहरु ३ अर्ब ८३ करोड १६ लाखरुपैयाँमा किनबेच भएका छन् ।
यस दिन पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ ।
मा प्रकाशित