अन्तर्राष्ट्रिय बजारमा नेपाली मौलिक समानको प्रवद्र्धनका लागि सहकार्य गर्ने सहमती

आर्थिक परिवेश

१४ चैत्र, काठमाडाैं  ।    गैर आवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकार उद्योग वाणिज्य आपूर्ति मन्त्रालय अन्तर्गत रहेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)बीच नेपालमा उत्पादन भएको सामाग्री अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा संघका अध्यक्ष डा बद्री केसी र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी)का तर्फबाट  कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्ताक्षर गर्नुभएको हो ।

समझदारी अनुसार टीइपीसी र एनआरएनएको सहकार्यम नेपाली सामानको अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नेपाली मौलिक सामानलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने तय भएकाे छ  ।

समझदारीमा  नेपाली डायस्पोरामा बढी भन्दा बढी मात्रामा नेपाली सामानको उपभोग गर्ने तथा गर्न प्रोत्साहन गर्ने, स्वदेश तथा विदेशमा नेपाली मौलिक सामान प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम आयोजना गर्ने सहमति भएको छ ।

मा प्रकाशित