१५ चैत्र, काठमाडौं। स्थानीय बजारमा बिहिवार सुनको मूल्य तोलामा एक हजार एक सय रूपैयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा एक लाख २७ हजार नौ सय तोकिएको छ ।
बुधबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण भएको छ । बुधबार तेजाबी सुन तोलाको एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि आज बढेको छ ।
बुधबार प्रतितोला एक हजार चार सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार पाँच सय १० रूपैयामा काराेवार भएकाे छ ।
मा प्रकाशित