१६ चैत्र, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य शुक्रवार अहिले सम्म कै उच्च दर कायम भएकाे छ । यस दिन सुन प्रतितोला दुई हजार एक सयले वढेर काराेवार भएकाे छ ।
केही दिनदेखि लगातार उकालो लागेको सुनको मूल्य शुक्रवार उच्च रकमले बढेकाे हाे ।
बिहीबार प्रतितोला एक लाख २७ हजार नौ सयमा कारोबार भएको छाप भएकाे सुन शुक्रवार प्रतिताेला एक लाख ३० हजार रूपैयामा काराेवार भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन शुक्रवार एक लाख २९ हजार चार सय निर्धारण गरि काराेवार भएकाे छ ।
यस दिन चाँदीको मूल्य समेत वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य शुक्रवार एक हजार पाँच सय २५ रूपैया पुगेको छ ।