नीति कार्यक्रम अनुसारकै बजेट आउछ : अर्थमन्त्री

आर्थिक परिवेश

०२ जेठ, काठमाडौं ।   अर्थमन्त्री वर्षमान पुनले सरकारले उत्साहजनक वार्षिक नीति तथा कार्यक्रम ल्याएको बताउनु भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पुनले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी नीति कार्यक्रम आएको बताउनु भयो ।

मन्त्री पुनले नीति कार्यक्रमसँग मेल खाने गरी बजेट र बजेटसँग मेल खाने गरी मौद्रिक नीति आउने प्रतिबद्धता जनाउनु भयो ।

उहाँले ‘नीति कार्यक्रमले सबैमा उत्साह जगाएको उल्लेख गर्दै नीति कार्यक्रम अनुसारकै बजेट आउने बताउनु भयो ।

राष्ट्रबैंकका तर्फबाट बजेटमा समेट्नुपर्ने विषयमा लिखित सुझाव प्राप्त भएको भन्दै उहाले बजेट र नीति कार्यक्रममा तादात्म्यता मिलाउन दुई निकायबीच सघन छलफल हुने उल्लेख गनुृ भयो ।

मन्त्री पुनले सरकार लगानी मैत्री र निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि प्रतिबद्ध रहेको चर्चा गर्दै निरुत्साहित नहुन उद्योगी व्यवसायीलाई आग्रह गर्नु भयो ।

सरकारले नीति कार्यक्रममार्फत कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधिजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको मन्त्री पुनले उल्लेख गर्नु भयो ।

कार्यक्रममा नेपाल उद्योेग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले घर, जग्गा, सुन, शेयर,धितोपत्र लगायत अन्य सम्पत्तिमा रहेको लगानी अभिलेखिकरण गरी पारदर्शिता कायम गर्न एक पटकको लागि सम्पतिको स्वघोषणा गराई अभिलेखिकरणको सुविधा दिनु पर्ने.ब्यक्तिगत तर्फ आर्थिक बर्ष २०७६ अघिको जस्तै आयकरको अधिकतम दर ३० प्रतिशत कायम हुनु पर्दछ ।

हालको व्यक्तिगत आयकर छुटको सीमालाई हालको छुट रकममा २५ प्रतिशत बृद्धि गरी आगामी वर्षदेखि मुद्रास्फीति अनुपात अनुसार परिवर्तन गर्दै लग्नु पर्ने सुझाव दिनु भयो ।

अध्यक्ष ढकालले बजेट र मैेद्रिक नीतिमा तालमेल मिलाउनु पर्ने,खानीजन्य र नदिजन्य वस्तुको नियार्तलाई स्पष्ट पार्नू पर्ने, अनधिकृत व्यापारलाई नियन्त्रणको लागि कडा कानूनी प्रवन्ध गर्नु पर्ने लगायतका विभिन्न १५ वुंदे सुझावहरु दिनु भएको थियो ।

छलफलमा महासंघका विभिन्न जिल्ला र वस्तुगत संघका तर्फबाट उद्योगी व्यवसायीहरुले आगामी बजेटमा समेटनु पर्ने विषयमा अर्थ मन्त्रीलाई जानकारी गराउनु भएको थियो ।

मा प्रकाशित