२५ जेठ, काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनकाे मुल्य तोलामा एक हजार रूपैयाले बढेको छ ।
बिहीबार प्रतितोला एक लाख ४४ हजारमा कारोबार भएको छाप भएकाे सुन शुक्रवार प्रतिताेला एक लाख ४५ हजारमा काराेवार भएकाे छ । यो हालसम्मकै उच्च विन्दु हो ।
त्यरस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि एक लाख ४४ हजार तीन सय निर्धारण भै काराेवार भएको छ ।
चाँदीको मूल्य भने शुक्रवार तोलामा ५० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ५० मा कारोबार भएको चाँदी शुक्रवार का लागि भने एक हजार नौ सय निर्धारण भएको छ ।
मा प्रकाशित