२७ जेठ, काठमाडौँ । नेपाली बजारमा गत साता बढेकाे सुनकाे मूल्य आइतवार भने तोलामा चार हजारले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छाप भएकाे सुन आइतवार लागि प्रतितोला एक लाख ४१ हजार रूपैयामा काराेवार भएको छ ।
शुक्रबार छाप भएकाे सुन तोलामा एक लाख ४५ हजार रूपैयामा कारोबार भएको थियो ।
यस्तै यस दिन छाप नभएकाे सुन तोलामा एक लाख ४० हजार तीन सय निर्धारण भइ काराेवार भएकाे छ ।
शुक्रबार छाप नभएकाे सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयामा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा ७५ रूपैयाले घटेको छ ।
शुक्रबार तोलामा एक हजार नौ सयमा कारोबार भएको चाँदी यस दिनका लागि भने एक हजार आठ सय २५ रूपैया निर्धारण भइ काराेवार भएको छ ।
मा प्रकाशित