२७ जेठ, काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल युरोपेली देशहरु स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण गर्नु हुने भएकाे छ।
परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर राष्ट्रपतिको भ्रमणबारे जानकारी दिएको हो।
राष्ट्रपति पौडेल मंगलबार स्वीट्जरल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेकाे छ । जहाँ उँहाँले ११२औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागिता जनाउनु हुनेछ।
सम्मेलनमा उहाँले समाजिक न्याय सम्बन्धी एक बहस सत्रमा सम्बोधन पनि गर्ने कार्यक्रम रहेकाे छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ता समेत गर्ने कार्यक्रम रहेकाे छ। त्यसपछि उहाँ बुधबार जर्मनी प्रस्थान गर्नु हुने भएकाे छ।
राष्ट्रपति पौडेल जर्मनीका राष्ट्रपतिको निमन्त्रणमा त्यहाँ जान लाग्नु भएकाे हाे । पौडेलले जर्मनीका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्नुहुनेछ ।
मा प्रकाशित