०३ असार, काठमाडाै । विश्व बैंकले नेपालका लागि विश्व बैंकको राष्ट्रिय निर्देशकमा डेभिड सिस्लेनलाई नियुक्त गरेको छ।
अमेरिकी नागरिक डेभिड यसअघि ल्याटिन अमेरिका र क्यारिबियन मुलुकहरुका लागि विश्व बैंकका तर्फबाट सहरी व्यवस्थापन र विपद् जोखिम न्यूीकरणसम्बन्धी व्यवस्थापकका रुपमा कार्यरत हुनुहुन्छ।
नवनियुक्त निर्देशक डेभिडले नेपाल, माल्दिभ्स र श्रीलंकामा सञ्चालित कार्यक्रमको संयोजन गर्नु हुनेछ। विश्व बैंकले हाल नेपालमा २० सञ्चालनमा रहेका र ३ पाइप लाइनका गरी २३ परियोजनामा लगानी गरेको छ।
अर्थ मन्त्रालयले एक औपचारिक कार्यक्रम गरी फारिसको विदाइ र डेभिडको स्वागत गरेको छ। अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार साँझ आयोजित एक कार्यक्रममा एकैसाथ उनीहरुको स्वागत र विदाइ गर्नु भयाे ।
विदाइ कार्यक्रममा मुख्यसचिव बैकुण्ठ अर्याल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन मार्टिन रेजर सहभागी हुनु भएकाे थियाे ।
कार्यक्रममा मन्त्री पुनले नयाँ निर्देशक डेभिडको कार्यकाल सुखद रहने विश्वास व्यक्त गर्नु भयाे । फारिसको कार्यकालमा सुरु भएका प्रयासहरुको निरन्तरता र थप सहकार्यका लागि डेभिडको कार्यकाल सफल हुने विश्वास मन्त्री पुनको थियो।
अर्थमन्त्री पुनले नेपालमा मंगलबारबाट सुरु हुने विश्व बैंकको आईडीए–२१ बैठकको पूर्वसन्ध्यामा डेभिडलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए। उनले नेपाल र विश्व बैंकबीचको सहकार्य आगामी दिनमा थप सुदृढ हुने अपेक्षा व्यक्त गर्नु भयाे ।
फारिसको कार्यकालमा नेपाल र विश्व बैंकबीचको सम्बन्ध थप उचाइमा पुगेको अर्थमन्त्री पुनको भनाइ थियो।
उहाँले फारिसले विकास साझेदार संस्थाको प्रतिनिधिका रुपमा मात्र नभई नेपालको हैतिसी मित्रका रुपमा भूमिका खेलेको उल्लेख गर्नु भयाे ।
नेपालमा विश्व बैंकको पोर्टफोलियोको विस्तार, वित्तीय, वित्तीय, ऊर्जा र जलवायु क्षेत्रमा महत्वपूर्ण काम भएको स्मरण गर्नु भयाे ।
यस्तै फारिसले विकास साझेदारहरुबीच समझदारी निर्माण, भूकम्पपछिको पुनःनिर्माण, कोभिड–१९ महामारीको समयमा आपतकालीन सहयोग र खोप कार्यक्रमहरु सञ्चालनका लागि खेलेको भूमिकाको सराहना गर्नु भयाे ।
मा प्रकाशित