ठूला दलहरूको त्यागले ठूला–ठूला परिवर्तन भएकाले उनीहरुले उपेक्षा गर्नु हुँदैन : प्रधानमन्त्री

आर्थिक परिवेश

०७ असार काठमाडौँ  ।    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दलहरूको त्यागले ठूलाठूला परिवर्तन भएकाले उनीहरुले उपेक्षा गर्न नहुने बताउनु भएकाे छ ।

शुक्रबार काठमाडौंमा नेपाल बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ भनिएका व्यक्तिलाई नेपालमा केही गर्छौ भन्ने ठाउँ पुराना दल र नेताहरूले दिएको बताउनु भयाे  ।

नेपालमा राजनीतिक पार्टी र नेताहरूको दशकौंको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाल प्रवेश गरेको उनले बताउनु भयाे ।

प्रधानमन्त्री प्रचण्डले सबै नेता उस्तै हुन् र नेपालमा केही हुँदैन भन्ने गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरूले देशको हित नचाहेको बताउऔनु भयाे ।

उनले नयाँ आएका दलहरूले पुराना दल र नेताहरूको प्रशंसा गर्नुपर्नेमा अपमान गर्ने प्रवृत्ति देखेको उहाँकाे भनाइ थियाे । क्रान्तिपछि भएका महत्त्वपूर्ण कामहरूलाई नजरअन्दाज गरेर परिवर्तन विरोधी भाष्य निर्माण गर्न खोजिएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता गतिविधिको खुलेर विरोध गर्न र प्रतिवाद गर्नुपर्ने उल्लेख गर्नु भयाे  ।

उनले बहत्तर पार्टी एकताका निम्ति आफू लागिपरेको जानकारी दिँदै जतिसुकै अप्ठ्यारो परिस्थिति आए पनि समाजवादको आधार निर्माण गर्न आफू दृढ संकल्प लिएर लागेको स्पष्ट पार्नु भयाे  ।

त्यस्तै उहाँले नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीहरूको समेत महत्त्वपूर्ण तथा उल्लेखनीय भूमिका रहेको समेत स्पष्ट पार्नु भयाे  ।

बुद्धिजीवीहरूले जनमतलाई समाजवादी दिशातिर डोर्याउन भूमिका खेल्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले क्रान्तिका उपलब्धि जोगाउन र समाजवादको वैचारिक आधार तयार पार्न सबैले आआफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।

मा प्रकाशित