११ महिनामा २३ अर्ब ९३ करोड, ८६ लाख बराबरको नेपाली उत्पादन निकासी

आर्थिक परिवेश

१४ असार, बीरगंज । बीरगंज आईसिपी भन्सार नाका हुँदै आर्थिक बर्ष २०८०/०८१ को ११ महिनामा भारत तथा तेस्रो मुलुकतर्फ २३ अर्ब ९३ करोड, ८५ लाख ९१ हजार मूल्य बराबरको नेपाली उत्पादन निकासी भएको छ ।

वीरगंज नाका हुँदै भारत, डेनमार्क, अष्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाईल्याण्ड लगायतका मुलुकहरूमा तेल, जुस, कपडा लगायतका

नेपाली उत्पादन तथा जडीबुटी निकासी भएको वीरगंज आईसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो ।

आइसिपी भन्सार नाका हुँदै ११ महिनाको अवधिमा ७ अर्ब ५८ करोड ६३ लाख ८७ हजार मूल्य बराबरको फलफूलको जुस भारत निर्यात भएको छ भने सो अवधिमा ६५ करोड ९१ लाख ७२ हजार मूल्य बराबरको पाम आयल निर्यात भएको छ ।

त्यसैगरी, सो अवधिमा ६ अर्ब १८ करोड ७१ लाख ३४ हजार मूल्य बराबरको फलामे पाता भारत निर्यात भएको छ भने १ अर्ब १२ करोड ७२ लाख ८५ हजार मूल्य बराबरको जमोठ कपडा निर्यात भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक पन्थीले बताउनुभयो ।

त्यसैगरी, ११ महिनाको अवधिमा १ अर्ब ५७ करोड ६७ लाख ७४ हजार मूल्य बराबरको पिना निर्यात भएको छ भने बत्तिसा, त्रिफला, च्वबनप्रास लगायतका डाबर नेपालका उत्पादनहरू ७९ करोड ८६ लाख १५ हजार मूल्य बराबरको भारत निर्यात भएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको ११ महिनामा प्रशोधित भटमासको तेल ८ करोड ८२ लाख ७२ हजार मूल्य बराबरको भारत निर्यात भएको छ ।

बीरगंज भन्सार नाकाबाट ८४ करोड २२ लाख ६३ हजार मूल्य बराबरको सेन्थेटिक यार्न, ६२ करोड ७ लाख ३५ हजार मूल्य बराबरको आयुर्वेदिक

तथा होमियापेथिक औषधीको कच्चा पदार्थ भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो ।

त्यसैगरी, बीरगंज नाकाबाट ११ महिनामा ५९ करोड ४ लाख ४२ हजार मूल्य बराबरको स्पोर्ट सुज, ७० करोड, ८६ लाख ८३ हजार बराबरको नेपाली

कपडा, २३ करोड ५९ लाख ४२ हजार मूल्य बराबरको उनी गलैँचा भारत निर्यात भएकोआईसिपी भन्सार कार्यालय बीरगंजका प्रवक्ता एवं प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।

मा प्रकाशित