बक्याैता रकम नतिरे पछि बाराका २ वटा ठूला उद्योगहरूको लाइन काटियाे

आर्थिक परिवेश

२९ असार , बारा ।   नेपाल विद्युत प्राधिकरण  बाराले त्यहाँका  २ वटा ठूला उद्योगहरूको लाइन काटिदिएको छ ।

डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै प्राधिकरणले बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टील र

हुलास स्टिलको लाइन काटेको नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले जनाएको छ  ।

असार १० गते उद्योगलाई लेखिएको पत्रमा १५ दिनभित्र उद्योगलाई बक्यौता तिर्न भनिएको थियो । जगदम्बा स्टील र हुलास स्टिललाई पत्र पठाएर

बाँकी रहेको विद्युत् महसुल तिर्नु भनिए पनि समय सीमाभित्र महसुल नतिरेपछि लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सिमराका प्रमुख रुमेश रुपाखेतीले जानकारी दिनुभयो ।

जगदम्बा स्टिलले नेपाल विद्युत् प्राधिकरणलाई १ अर्ब ६० करोड १८ लाख ४३ हजार १ सय २५ रुपैयाँ र हुलास स्टिलले १४ करोड १२ लाख ५ हजार

८ सय ६२ रुपैयाँ महसुल तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सिमराले जनाएको छ ।

मा प्रकाशित