प्रधानमन्त्री केपी शर्मा ओलीले भाेली विश्वासको मत लिनु हुने

आर्थिक परिवेश

०५ साउन, काठमाडौँ । नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले भाेली पतिनिधिसभामा  विश्वासको मत लिनु हुने भएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले शनिवार  पार्टीका सबै सांसदलाई ‘एसएमएस’ पठाउँदै भोलि (साउन ६ गते) बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गर्नुभएको हो ।

“साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुहुने भएकोले अनिवार्य उपस्थित भई विश्वासको मत माग्ने प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्वीप जारी गरिएको जानकारी गराउँदछु” उहाँले जारी गर्नु भएको ह्वीपमा भनिएको छ ।

संविधानको धारा ७६ (४) बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

नेपाली काँग्रेस संसदीय दलकाे बैतक भने भाेली नै बस्ने भएकाे छ । राषि्टय प्रजातन्त्र पार्टीले भने प्रधानमन्त्रीलाइ विश्वासकाे मत नदिने भएकाे छ ।

मा प्रकाशित