२६ साउन, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले शनिवार भारतको हल्दियास्थीत श्याम प्रसाद मुखर्जी पोर्टको अवलोकन गर्नुभएको छ ।
अवलोकनका क्रममा उहाँले पोर्टका पदाधिकारीहरूसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गर्नुभयो ।
अवलोकन भ्रमणका क्रममा वाणिज्य मन्त्रालयका द्विपक्षीय महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारी तथा कोलकत्तास्थीत महावाणिज्य दूतावासका पदाधिकारीहरूलगायत उपस्थित हुनुहुन्थ्यो ।
गत मङ्गलवारदेखि भारत भ्रमणमा रहनुभएका मन्त्री भण्डारीले तेस्रो मुलुकसँगको व्यापारमा देखिएका प्रक्रियागत समस्याहरू, आयातकर्ता र
निर्यातकर्ताका समस्याहरूका विषयमा जानकारी लिई कोलकत्तास्थत महावाणिज्य दूतावास तथा गोदाम कम्पनी लिमिटेडलाई सहजीकरण गरि परिणाममुखी भएर काम गर्न निर्देशन दिनुभयो ।
उहाँले नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेडले हल्दिया पोर्ट इन्टेरियर जोनभित्र दीर्घकालीन रूपले लिजमा लिएको जमिनको उपयोग, थप सम्भावनाहरू एवं औचित्यको बारेमा समेत गहन छलफल गरि कम्पनीको कार्यालय अनुगमन गर्दै आवश्यक निर्देशन दिनुभयो ।
मा प्रकाशित