०२ भदौ काठमाडौ । नेपाली शेयर बजारमा आइतवार नेप्से परिसूचक र कारोवार रकम दोहोरो अङ्कले घटेको छ ।
आइतवार नेप्से परिसूचक ३४ दशमलव ४७ अङ्कले ओरालो लागेर दुई हजार नौ सय ६६ दशमलव ३३ मा सीमित भएको छ ।
यस दिन कूल छ करोड ५४ लाख ७५ हजार तीन सय ६६ कित्ता शेयरहरु २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार तीन सय ७६ मा कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने घटेको छ ।
यस दिन ४ कम्पनीहरुको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
मा प्रकाशित