०४ भदाै,वीरगञ्ज । देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको एकिकृत भन्सार जाँच चौकी आईसिपी वीरगन्जले चालु आर्थिक बर्ष २०८१/०८२ को पहिलो महिनामा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।
अर्थ मन्त्रालय भन्सार विभागले आईसिपी भन्सारलाई साउन महिनामा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व उठाउने लक्ष्य तोकेको थियाे ।
माल सामानको आयात निरन्तर रुपमा ओरालो लागेसँगै चालु आर्थिक वर्षको पहिलो महिनामा समेत लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आईसिपी भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो ।
आईसिपी वीरगन्जले तोकिएको लक्ष्य भन्दा झण्डै २८ प्रतिशत कम राजस्व असुली गरेको छ ।
अर्थ मन्त्रालयले तोको लक्ष्य भन्दा एक महिनामै ४ अर्ब ७० करोड ५४ लाख ८२ हजार कम राजस्व असुली भएको वीरगञ्ज भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी वीरगञ्ज भन्सार कार्यालयले भन्सार राजस्व तर्फ ४ अर्ब ५८ करोड ५६ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ ४ अर्ब ९७ करोड ५२ लाख ३८ हजार राजस्व असुली भएको छ ।
त्यसैगरी अन्त शुल्कतर्फ ९४ करोड ४१ लाख ९१ हजार असुली गरेको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले बताउनुभयो ।
त्यसैगरी वीरगञ्ज भन्सार कार्यालयले पूर्वाधार करतर्फ ९० करोड २ लाख ८२ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्क तर्फ १० करोड ४६ लाख ४२ हजार असुली गरेको छ ।
यसैगरी वीरगञ्ज भन्सार कार्यालयले सडक मर्मत तथा सुधार दस्तुरतर्फ २५ करोड २ लाख १ हजार राजस्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा २३ करोड ६२ लाख ८ हजार राजस्व असुल गरेको वीरगञ्ज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
मा प्रकाशित