सुनको मूल्यमा नयाँ कीर्तिमान ताेलामा एकैदिन १३ सयले बढ्याे

आर्थिक परिवेश
 २१ भदाै काठमाडौँ ।      स्थानीय बजारमा शुकंवार  सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।
हिन्दु नारीहरूको महत्त्वपूर्ण पर्व हरितालिका तीजको रमझम चलिरहेको बेला सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सुनको मूल्य प्रति तोला  एक हजार तीन सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला  एक लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य शुकंवार प्रतितोला  एक लाख ५३ हजार तीन सय निर्धारण भै काराेवार भएको छ ।
यस दिन चाँदीको मूल्य तोलामा रु ३० ले वृद्धि भएको छ । बिहीबार तोलामा रु एक हजार सात सय ६५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार सात सय ९५ निर्धारण भएको छ ।
मा प्रकाशित