मधेश प्रदेशमा वनकाे पाँच हजार छ सय ९२ हेक्टर भन्दा बढी जमिन अतिक्रमणमा

आर्थिक परिवेश

२५ भदाैं ,जनकपुरधाम । मधेश प्रदेशमा रहेकाे वन क्षेत्रमध्ये पाँच हजार छ सय ९२ हेक्टर भन्दा बढी वन अतिक्रमण भएको जनाइएको छ ।

वनका कर्मचारी तथा वनसँग सम्बन्धित सुरक्षा निकायको लापरबाही तथा कमीकमजोरीका कारण मधेश प्रदेशमा वन अतिक्रमण बढेको उल्लेख छ ।

वन कर्मचारीले सुविधा तथा लाभ लिने स्थान मात्र रोज्ने कारण वन अतिक्रमण बढेको जनगुनासोसमेत छ ।

मधेश प्रदेश वन मन्त्रालयबाट प्राप्त विवरण अनुसार प्रदेशमा करिब दुई लाख दुर् हजार दुई सय हेक्टर जमिन वन जङ्गलले ढाकेको छ, तर संरक्षण नहुँदा पाँच हजार छ सय ९२ हेक्टर वनको जमिन अतिक्रमण भएको जनाइएको छ ।

प्राप्त विवरणमा सप्तरीमा सात दशमलव २५ हेक्टर, सिरहामा नौ सय ९३  दशमलव १४० हेक्टर, धनुषामा आठ सय ७२ हेक्टर, महोत्तरीमा तीन सय २९ दशमलव ८०

हेक्टर, सर्लाहीमा एक सय ६४  दशमलव ७८  हेकटर , रौतहटमा तीन हजार एक सय ९० दशमलव ५४० हेक्टर, बारामा शून्य दशमलव ३४० हेक्टर तथा पर्सामा एक सय ३४ दशमलव ३२० हेक्टर वन अतिक्रमण भएको मन्त्रालयले जनाएको छ ।

मधेश प्रदेशको कूल  क्षेत्रफलको २२ दशमलव आठ प्रतिशत वनको क्षेत्रफल रहेको छ । कूल वन क्षेत्रमध्ये ७१ हजार तीन सय ६९ हेक्टर वनको क्षेत्र पाँच सय ४ वटा सामुदायिक वनका रुपमा व्यवस्थापन  हुँदै आएको छ ।

४० लाख नौ सय १२ दशमलव ३३ हेक्टर वन १६ साझेदारी वनका रुपमा व्यवस्थापन भइरहेको छ । नेपालमा पूर्णरुपमा वनक्षेत्र नभएका एक सय पाँच स्थानीय तह छन् ।

जसमध्ये करिब ८० प्रतिशत मधेश प्रदेशमा रहेको छ । मधेश प्रदेशका एक सय ३६ स्थानीयतहमध्ये ८९ मा वनक्षेत्र छैन । वनक्षेत्र भएका स्थानीयतहमध्ये पनि करिब तीन चौथाइ स्थानीयतहमा शुन्य दशमलव पाँच प्रतिशत भन्दा कम वनक्षेत्र रहेको विवरणमा उल्लेख छ ।

वन संरक्षण, तथा अतिक्रमणका सम्बन्धमा भए÷ गरेका विभिन्न अध्ययनमा पहाड, तराई तथा  भित्रिमधेशका जिल्लामा विभिन्न राष्ट्रिय वन, सामुदायिक वन, साझेदारी वन, संरक्षित वन क्षेत्रका जमिन अतिक्रमण भएको बताइएको छ ।

नेपाल सरकारद्वारा व्यवस्थापन गरिएको वनमा संरक्षणको काम मात्र गर्ने गरिएको, संरक्षणका नाममा वृक्षारोपण गरिएको भए पनि काठको अवैध वन कटानी, काठ दाउरा चोरी र वन डढेलो र चोरी सिकारी रोक्ने कार्य तर्फ ध्यान नदिएको विश्लेषकको भनाइ छ ।

वनको सुरक्षाका लागि वन सुरक्षा निकाय भए पनि उनीहरू आफ्नो कार्यक्षेत्रमा नगएको वनका कर्मचारी बताउँछन् ।

मधेश प्रदेश वन निर्देशनालयका प्रमुख जगन्नाथप्रसाद जयसवालले वन अतिक्रमण हटाउने कार्य योजनाबद्ध रुपमा अगाडि बढेको जानकारी दिनुभयो ।

वन अतिक्रमण हटाउने सम्बन्धमा जिल्लामा सूचना जारीसमेत गरिएको बताउँदै यसमा राजनीतिक सहयोग तथा प्रतिबद्धताको खाँचो रहेको बताउनुभयो ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिहंले  वन अतिक्रमण हटाउने विषयमा सम्बन्धित जिल्लाका वन प्रमुखहरूलाई निर्देशनसमेत दिनुभएको जानकारी दिनुभयो

मा प्रकाशित