कोषले ५ लाख ७५ हजार सञ्चयकर्ताको करिव ६ खर्ब बराबरको रकम व्यवस्थापन गर्दै

आर्थिक परिवेश

३१ भदौ,काठमाडौ ।  कर्मचारी सञ्चय कोषले आप्फनाे स्थापनाको ६३ औ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरको आयोजना गरी मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा काठमाण्डौको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित समारोहमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चयकर्ताको भरोसालाई विश्वासमा लिन औषत भन्दा अधिकतम प्रतिफल दिने किसिमले काम गर्न आग्रह गर्नुभयो ।

कर्मचारी सञ्चय कोषले नेपाल सरकारले मानव जीवनचक्रको आधारमा सञ्चालित सामाजिक सुरक्षाका योजनामा सरकारलाई गरिरहेको सहयोगको लागि धन्यवाद दिदै कोेषलाई औसत गतिमा सिमित नभई सञ्चयकर्ताको भरोसालाई विश्वासमा लिन औषत भन्दा पनि अधिकतम प्रतिफल दिने किसिमले काम गर्न आग्रह गर्नुभयो ।

उहाँले सञ्चयकर्ताहरुको दायरा विस्तार गर्ने र आकर्षण वढाउने किसिमका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने वताउनुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका राजश्व सचिव तथा कोष सञ्चालक समिति अध्यक्ष दिनेशकुमार घिमिरेले कोषको वित्तीय स्रोत परिचालन गर्ने क्षमताको सह्राहना गर्दै कोषको वित्तीय सक्षमताको आधारमा सञ्चयकर्ताहरुलाई अधिकतम लाभ दिने किसिमले काम गर्न अनुरोध गर्नुभयो ।

कार्यक्रमका कोषका पूर्व प्रशासकहरु रमेश कुमार भट्टराई र शंशारभक्त श्रेष्ठले कर्मचारी सञ्चय कोषले लगानी विविधिकरणको माध्यमबाट जलविद्युत र सञ्चयकर्ता आवसको क्षेत्रमा गरेको लगानीको प्रशंशा गर्दै थप नयाँ लगानीका क्षेत्र खोज्नुपर्ने आवश्कता औल्याउनुभयो ।

कोषको ६३ औ वार्षिकोत्सवको अवसरमा अन्तर्राष्ट्रिय सामाजिक सुरक्षण संस्थाका अध्यक्ष डा. मोहम्मद अजमानले भिडियो सन्देश पठाउँदै सामाजिक सुुरक्षाको क्षेत्रमा कोषले छ दशक देखि पुयाउँदै आएको योगदानको कदर गर्दै सामाजिक संरक्षणको क्षेत्रमा कोषसँग मिलेर काम गर्न आइएस एस सदैव तयार रहेको बताउनुभयो ।

कार्यक्रममा कोषका प्रशासक जितेन्द्र धितालले कोषको समग्र अवस्थाको जानकारी गराउँदै कोषलाई सरकारी तथा सार्वजनिक क्षेत्रको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले सञ्चयकर्ता तथा योगदानकर्ताको योगदान रकमको कुशल व्यवस्थापन तथा परिचालन, प्राप्त प्रतिफलको न्यायोचित वितरण र सेवा प्रवाहमा गुणात्मक सुधार गर्दै सेवाग्राहीकोे हित र सन्तुष्टिप्रति कोष परिवार सदैव क्रियाशील रहि रहने प्रतिवद्धता व्यक्तगर्नु भयो ।

कार्यक्रममा कोषको सेवामा १५ वर्ष अवधि पुरा गर्ने १४ जना कर्मचारीहरुलाई दीर्घ सेवापदक वितरण गरिएको थियो ।

साथै विभिन्न अतिरिक्त रक्रियाकलापका विजेता कर्मचारीहरुलाई पदक तथा पुरष्कार वितरण गरियो । कार्यक्रममा २०८० सालको एसईई परिक्षामा सफल भएका कोषका कर्मचारीका छोरा÷छोरीलाई पुरष्कृत गरिएको थियो ।

कोषले निजामती, जंगी र प्रहरी सेवातर्फका कर्मचारीहरुका साथै शिक्षक, सार्वजनिक संस्थान तथा निजी प्रतिष्ठानका कर्मचारीहरु समेत गरी ५ लाख ७५ हजार भन्दा बढी सञ्चयकर्ताको करिव रु. ६ खर्ब बराबरको रकम व्यवस्थापन गर्ने जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिरहेको छ ।

स्थापना कालदेखि सञ्चय कोषको मात्र व्यवस्थापन गर्दै आएको कर्मचारी सञ्चय कोषले २०७६ सालदेखि निवृत्तभरण कोष ऐन,२०७५ बमोजिम योगदानमा आधारित निवृत्तभरण कोषको समेत व्यवस्थापन गर्दै आइरहेको छ ।

कोषले योगदानकर्ताहरुको सेवाकालिन आवश्यकता पुरा गर्न विशेष सापटी, घर सापटी, शैक्षिक सापटी जस्ता ६ किसिमका सापटी सुविधाहरुलाई सहुलियत दरमा प्रदान गर्दै आएको छ ।

सामाजिक सुरक्षा सुविधा तर्फ प्रसुती तथा शिशु स्याहार, काजक्रिया अनुदान, दुर्घटना क्षतिपूर्ति योजना तथा सञ्चयकर्ता तथा निजको श्रीमान वा श्रीमतीको लागि औषधोपचार सुविधा लगायत ४ किसिमका सुविधाहरु सञ्चयकर्ताहरुलाई निःशुल्क रुपमा प्रवाह गर्दै आइरहेको छ ।

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताहरुबाट संकलन गरिएको दीर्घकालीन रकमलाई सुरक्षित, प्रतिफलयुक्त एवम् दिगो लगानी गरी प्राप्त प्रतिफलको न्यायोचित वितरणबाट सञ्चयकर्तालाई सन्तुष्टि दिने मूल उद्देश्य राखी लगानी व्यवस्थापन गर्दै आइरहेको छ ।

कोषको संकलित स्रोत मध्ये करिव ९७ प्रतिशत अर्थात ५ खर्ब ५१ अर्ब रकम विभिन्न क्षेत्रमा लगानी गरिएको छ ।

कोषले विभिन्न क्षेत्रको लगानीवाट प्राप्त प्रतिफललाई सञ्चयकर्ताको हितमा लगाउदै आएकोमा आर्थिक वर्ष २०७९÷८० मा प्राप्त प्रतिफलवाट सञ्चयकर्ताको जम्मा भएको कोष रकममा १.१० प्रतिशतका दरले मुनाफा वितरण गरेको छ ।

कोषको दीर्घकालीन वित्तीय स्रोतलाई आवास, विद्युत विकास तथा पूर्वाधार क्षेत्रका ठूला एवम् वित्तीय रुपले सम्भाव्य परियोजनाहरुमा लगानी गर्ने नीतिलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

 

मा प्रकाशित