सिर्सिया सुक्खाबन्दरगाह भन्सारबाट ३ महिनामा १२ अर्ब ७५ करोड ७८ लाख राजस्व असुल

आर्थिक परिवेश

०३ कार्तिक वीरगन्ज ।   आईसिपी भन्सारपछि वीरगन्जको दोस्रो भन्सारको रुपमा स्थापित सिर्सिया सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०८१/०८२ को असोज मसान्त सम्म ३ महिनाको अवधिमा  १२ अर्ब ७५ करोड ७८ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा अर्थमन्त्रालय भन्सार विभागले तोकेको लक्ष्यको ७९ दशमलब ७५ प्रतिशत राजश्व असुली गरेको छ ।

सुख्खाबन्दरगाह भन्सार कार्यालयबाट बिशेषगरी विदेशी मदिरा, इलेक्ट्रोनिक सवारी साधन आयात हुने गरेको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले जानकारी दिनुभयो ।

सुख्खाबन्दरगाह भन्सार कार्यालय वीरगंजले चालु आर्थिक वर्षको साउनमा ३ अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व सङ्कलन  गरेको थियो भने भदौमा ४ अर्ब ६४ करोड १९ लाख १ हजार राजस्व सङ्कलन गरेको थियो ।

त्यसैगरी असोज महिनामा ४ अर्ब ३६ करोड ३७ लाख नौ हजार राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत बरुवालले बताउनुभयो ।

मा प्रकाशित