आगामी तीन साताभित्रमा विद्युत् उत्पादन थाल्ने गरी मर्मत संभारको काम शुरु

आर्थिक परिवेश

०३ कार्तिक, काठमाडाैं  ।   माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आगामी तीन साताभित्रमा विद्युत् उत्पादन थाल्ने गरी मर्मत संभारको काम शुरु भएको छ ।

आयोजनाको मर्मत संभारको अवस्थाको अवलोकन गर्नका लागि उच्चस्तरीय टोली आयोजनास्थलमा पुगेको छ ।

स्थलगत अवलोकन पछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मर्मतसम्भार यथाशीघ्र सकेर बिजुली उत्पादन गरिने बताउनु भयो ।

उहाँले आयोजनामा भएको क्षतिका कारण राज्यले अकल्पनीय घाटा व्यहोर्नु परेको बताउनु भयो ।

मन्त्री खड्काले आयोजनाबाट चाँडोभन्दा चाँडो विद्युत् उत्पादन गर्न सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता दोहोर्‍याउनु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले आगामी तीन साताभित्रमा विद्युत् उत्पादन थाल्नेगरी काम भइरहेको बताउनुभयो ।

मन्त्री खडकाको नेतृत्वमा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य,नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलसहितको टोली आयोजनाको क्षतिग्रस्त संरचनाको निरीक्षणमा गएको थियो ।

मा प्रकाशित