नेपालकाे अर्थिक वृद्धिमा आईएमएफकाे संशाेधन यस वर्ष ४.९ प्रतिशतको आर्थिक वृद्धिकाे प्रक्षेपण

आर्थिक परिवेश

०६ कात्तिर्क, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्षमा ४.९ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

आईएमएफ तथा विश्व बैंक समूहको वार्षिक बैठक क्रममा अमेरिकाको वासिङटन डीसीमा सार्वजनिक ‘वर्ल्ड इकोनोमिक आउटलुक’ ले यस्तो प्रक्षेपण गरेको हो ।

गत अप्रिलमा आईएमएफले यो आर्थिक वर्ष २०२५ मा ५.२ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोमा त्यसमा ३० आधार बिन्दूले घटाएको हो । यद्यपि, आईएमएफको प्रक्षेपण अझै पनि उत्साहप्रद नै छ ।

विश्व बैंक तथा एसियाली विकास बैंकले यसअघि नै तुलनात्मक रूपमा आशावादी आर्थिक वृद्धिको प्रक्षेपण गरिहेका बेला आईएमएफ पनि यो क्लबमा जोडिएको हो ।

गत आव (२०२४) मा नेपालको आर्थिक वृद्धि ३.१ मात्रै भएको आईएमएफको प्रक्षेपण छ । त्यसअघि २०२३ मा २ प्रतिशत मात्रै वृद्धि थियो । २०२९ मा पनि ५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण आईएमएफको छ ।

मूल्यवृद्धिका मामिलामा भने नेपाल राष्ट्र बैंकको लक्ष्यसँग आईएमएफको प्रक्षेपण मिल्दो देखिन्छ । गत आव ५ प्रतिशत र आगामी आव २०२५ मा ५.४ प्रतिशत मूल्यवृद्धि हुने प्रक्षेपण आईएमएफको छ ।  चालु आवदेखि चालु खाता घाटा बढ्दै जाने प्रक्षेपण आईएमएफले गरेको छ ।

गत आव चालु खाता कुल गार्हस्थ उत्पादन (जीडीपी) को ३.२ प्रतिशतले नाफामा रहेकोमा चालु आव १.६ प्रतिशतले घाटामा जाने र आगामी आव त्यस्तो घाटा जीडीपीको ३.६ प्रतिशत पुग्ने प्रक्षेपण आईएमएफको छ ।

को आर्थिक वृद्धिको प्रक्षेपण निराशाजनक

आईएमएफले यो वर्ष २०२४ र आगामी वर्ष २०२५ मा संसारको आर्थिक वृद्धि निराशाजनक हुने प्रक्षेपण गरेको छ । यी दुवै आर्थिक वर्षमा संसारको आर्थिक वृद्धि ३.२ प्रतिशत हुने प्रक्षेपण उसको छ । यसअघि गत अप्रिलमा पनि आईएमएफले यही प्रक्षेपण गरेको थियो ।

संसारको आर्थिक वृद्धिको प्रक्षेपणमा केही परिवर्तन नगरे पनि आईएमएफले विभिन्न क्षेत्रको वृद्धि प्रक्षेपण भने परिमार्जन गरेको छ ।

यो वर्ष अमेरिकाको आर्थिक वृद्धिको प्रक्षेपण सुधार गरिएको छ भने अन्य विकसित अर्थतन्त्रको प्रक्षेपण घटाइएको छ । एसिया तथा प्रशान्त क्षेत्रबाहेक अन्य विकासशील अर्थतन्त्रको आर्थिक वृद्धि प्रक्षेपण पनि घटाइएको छ ।

यो वर्ष एसिया प्रशान्तक क्षेत्रको आर्थिक वृद्धि प्रक्षेपणमा भने वृद्धि गरिएको छ, जसले समग्रमा संसारको आर्थिक वृद्धिलाई स्थिर राख्न मद्दत गरेको आईएमएफले जनाएको छ ।

खासगरी सेमिकन्डक्टर मागमा वृद्धि तथा आर्टिफिसियल इन्टिलिजेन्समा भएको लगानी वृद्धिले यस क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपणमा सुधार गरिएको आईएमएफको भनाइ छ।

साथै, विश्वमा मूल्यवृद्धिको दर भने बिस्तारै घट्दै जाने प्रक्षेपण पनि आईएमएफले गरेको छ । सन् २०२३ मा ६.७ प्रतिशत रहेको विश्व मूल्यवृद्धि २०२४ मा ५.८ प्रतिशत र २०२५ मा ४.३ प्रतिशतमा झर्ने प्रक्षेपण छ ।

‘मूल्यवृद्धि हामीले अपेक्षा गरेभन्दा पनि तल झरिरहेको छ, यो सकारात्मक समाचार हो । धेरै देशमा यो बिस्तारै लक्ष्यभित्रै समेटिने अपेक्षा छ ।

सँगसँगै विश्व अर्थतन्त्र पनि बिस्तारै उत्थानशील बन्दै गएको छ, तर मध्यमकालीन भविष्यमा भने आर्थिक वृद्धि अलि कमजोर हुने देखिन्छ,’ आईएमएफका अनुसन्धान विभाग उपनिर्देशक पेत्या कोएभा–ब्रुक्सले भने ।

युक्रेनमा युद्ध जारी रहँदा, मध्यपूर्वमा भूराजनीतिक असहजता थपिँदै जाँदा र धेरै विकसित देशले संरक्षणकारी नीति अख्तियार गर्ने संकेत दिइरहँदा आर्थिक वृद्धिको यो प्रक्षेपण सार्वजनिक भएको आईएमफले जनाएको छ ।

मा प्रकाशित