औद्योगिक क्रान्तिमा सुदूरपश्चिमले अब फड्को मार्नेछ उद्योगमन्त्री भण्डारी

आर्थिक परिवेश

 ०७ कार्तिक कञ्चनपुर ।  नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्रान्तिमा सुदूरपश्चिमले अब फड्को मार्ने दाबी गर्नुभएको छ ।

कञ्चनपुर पुग्नु भएका मन्त्री भण्डारीले बुधबार कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सुदूरपश्चिमको कञ्चनपुरमा दोधाराचाँदनी सुक्खा बन्दरगाह र

दैजीछेला औद्योगिक क्षेत्र निर्माणलाई तीव्रता दिइनुका साथै चीनसँग जोडिएका दार्चुलास्थित तिङ्कर नाका र बझाङस्थित ताक्लाकोट नाका पुनः सञ्चालनमा ल्याउने सरकारको तयारी रहेको बताउनु भयो ।

उहाँले सुदूरपश्चिममा साना, मझौला तथा ठुला उद्योगहरूको विकास गरी त्यसबाट रोजगारी सिर्जना गर्ने योजना सहित निजी क्षेत्रसँग समेत सहकार्य गरिरहेको सुनाउनु भयो ।

मन्त्री भण्डारीले बुधबार नै दोधाराचाँदनीस्थित प्रस्तावित दोधाराचाँदनी सुक्खा बन्दरगाह स्थल, निर्माणाधीन मझगाउँ विमानस्थल र वेदकोटस्थित दैजीछेला औद्योगिक क्षेत्र निर्माण स्थलको अवलोकन गर्नु भएको छ ।

उहाँले महेन्द्रनगर स्थित नेकपा एमाले कञ्चनपुरको पार्टी कार्यालयमा नेता कार्यकर्ताहरूसँग भेटघाट र होटेल चेतनमा सरोकारवालाहरूसँग अन्तरक्रिया समेत गर्नु भएको छ ।

त्यसै गरी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्ने बताउनुभएको छ ।

दोधारा चाँदनीस्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निमार्णस्थलको बुधवार निरीक्षण गर्नुहुँदै उहाँले मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी

सामुदायिक वनको जग्गा सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरिसकेकाले अबको केही महिनाभित्रै निमार्णको काम सुरु गरिने बताउनुभयो ।

मा प्रकाशित