२२ कार्तिक काठमाडाै । अमेरिकामा भर्खरै सम्पन्न निर्वाचनबाट डोनाल्ड ट्रम्प राष्ट्रपति बन्नेबित्तिकै सुनको भाउ ह्वात्तै घटेको छ ।
अमेरिकी निर्वाचनकाे परिणामकाे प्रभाव स्वरुप अमेरिकी डलरको विनिमय दरचाहिँ अहिलेसम्मकै उच्च भएको हो ।
उनी राष्ट्रपति विजय भएको भोलिपल्टै बिहीबार (आज) अमेरिकी डलरको भाउ बढेको हो भने सुनको मूल्यचाहिँ ह्वात्तै घटेको हो।
नेपाल नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ (बिक्री दर) तोकेको छ। यो बिक्री दर अहिलेसम्मकै उच्च हो।
आजका लागि १ अमेरिकी डलरको खरिद मूल्य भने १३४.५६ रुपैयाँ तोकिएको छ। उता सुनको भाउ भने तोलामा एकैचोटि ४ हजार रुपैयाँले घटेको छ।
यसअघि सुनचाँदी व्यवसायका जानकारले ट्रम्पले चुनावी घोषणपत्रमा आफू निर्वाचित भए डलरलाई पुनः रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने उल्लेख गरेकाले डलरको भाउ बढ्ने र सुनको घट्ने सम्भावना रहेको बताएका थिए।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन ३.२ प्रतिशत हाराहारीमा घटेको हाे । बुधबार सुरुवाती कारोबारमा प्रतिऔंस २७४५ अमेरिकी डलर रहेको सुन बिहीबार सुरुवाती समयमा २६५७ सम्म झरेको थियो ।
अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पको पुनरागमनले मुद्रास्फिति बढ्न सक्ने अनुमान गरिएको छ ।
मा प्रकाशित