१५ दिनभित्र विद्युतको बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काटिने छ : कुलमान

आर्थिक परिवेश

२८ कार्तिक काठमाडौँ ।   नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र विद्युतको बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिनु भएकाे छ।

बुधवार प्राधिकरणमा पत्रकार सम्मेलन अायाेजना गरेर  घिसिङले बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट पार्नु भएकाे हाे ।

कार्यकारी निर्देशक  घिसिंङले सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’

पत्रकार सम्मेलनले उहाँले आफूले लोकप्रियताका लागि कुनै काम नगरेको स्पष्ट गर्दै देशको कानुन अनुसार संस्थाको हित र देशको हितका लागि काम गरिरहेको बताउनु भयाे  ।

कार्यकारी निर्देशक  घिसिंङले बक्यौता   उठाउने  प्राधिकरणको प्रयासमा सबै क्षेत्रको साथ पाउने अपेक्षा गरेकाे  पनि उल्लेख गर्नु भयाे ।

मा प्रकाशित