महासंघले गरयो राजदुतहरुसंग छलफल आर्थिक कुटनीतिमा जोड

आर्थिक परिवेश

२८ कार्तिक, काठमाडौ ।  नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न १७ मुलुकका लागि नवनियुक्त नेपाली राजदूत र तीन महावाणिज्यदूतहरुसंग नेपालमा लगानी,पर्यटन निर्यात र आर्थिक कुटनीतिको प्रवद्र्धन जस्ता विषयमा छलफल गरेको छ ।

छलफलमा सहभागि नवनियुक्त राजदूतहरुले नेपालको अल्पविकसितबाट स्तरोन्नति भएपछि पनि न्युन प्रभाव पर्ने गरि काम गर्न आवश्यक रहेको वताउनुभयो ।

यसैगरि निजी क्षेत्रको विश्वास आर्जन हुन सके विदेशी लगानी आकर्षित हुने वताउनुहुँदै नेपालको नीजि क्षेत्रसंग सहकार्य गर्ने बताउनु भयो ।

छलफलमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी,पर्यटन तथा निर्यात प्रवद्र्धनका लागि विभिन्न मुलुकमा रहेका नेपाली नियोगलाई निरन्तर सघाउने प्रतिवद्धता जनाउनु भयो ।

अध्यक्ष ढकालले महासंघले विदेशी लगानी सहायता कक्ष नै स्थापना गरि लगानी प्रवद्र्धनका लागि लगानीकर्ता र सरकारबीच पुलको काम गर्न खोजिरहेको वताउनुभयो ।

नेपाली नियोग र महासंघ मिलेर लगानी प्रवद्र्धनका विविध कार्यक्रम आयोजना गर्न सकिने तर्पm पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराउनुभयो ।

छलफलमा बेलायतका लागि नेपालका राजदूत चन्द्र घिमिरेले द्धिपक्षीय कर मुक्ती सम्झौताका लागि पहल गर्नुपर्ने वताउनुभयो ।

चीनका लागि नेपालका प्रस्तावित राजदूत कृष्णप्रसाद वलीले नेपाली हिमालय क्षेत्रको पानी निर्यात गर्न सकिने सम्भावनालाई पनि नियाल्नुपर्ने वताउनुभयो  ।

भारतका लागि प्रस्तावित राजदूत डा शंकर शर्माले भारतमा आयोजना हुने कार्यक्रममा नेपाली नीजिक्षेत्र निरन्तर सहभागी हुनुपर्ने वताउनुभयो ।

भारतसंगको समस्या के छन्, ती बिषय लिखित रुपमा दिन आग्रह गर्नुभयो छलफलमा परराष्ट मन्त्रालयका सहसचिव लक्ष्मण खनाल र ज्ञान वहादुर मगरले आर्थिक

कुटनीति विस्तार मन्त्रालयको प्राथमिकता रहेको वताउदै यसमा विशेष पहल गरिने वताउनुभएको नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ ।

मा प्रकाशित