१५ मंसिर, किर्तीपुर काठमाडौ । नेपालमा पहिलो पटक आजबाट शरु भएको छ क्रिकेटको महासंग्राम नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता ।
प्रतियोगितामा स्वदेशी तथा विदेशी खेलाडीहरु संलग्न विभिन्न ८ टोलीका ३२ खेलहरु हुँदैछन ।
त्रिभुवन विश्वविश्द्यालय परिसरमा रहेको खेल मैदानमा प्रतियोगिताको आयोजना भएको हो । शनिवारको उदघाटन खेलमा जनकपुर बोल्ट तथा विराटनगर किड.गस बीच प्रतिस्पर्धा भएको छ ।
आजको खेलमा दर्शकहरुको अत्याधिक भिडका कारण कतिपय टिकट काटेका दर्शकले पनि खेल हेर्न नपाए पछि आयोजक क्रिकेट संघ नेपालले टिकटको रकम फिर्ता गर्ने सूचना मार्फत जनाएको छ ।
पहिलो खेलमा बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।
विराटनगरले दिएको १ सय २८ रनको लक्ष्य जनकपुरले १५.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो। तेस्रो विकेटका लागि लाहिरु मिलान्था र हर्ष ठाकेरले १ सय १६ रनको अविजित साझेदारी गरेपछि जनकपुरले सहजै लक्ष्य भेट्टाएको हो।
मिलान्थाले ५२ बलमा ९ चौका र २ छक्का सहयोगमा ७५ रनमा अविजित रहे। ठाकेर ३३ बलमा २ चौका सहयोगमा २९ रनमा नटआउट रहे।
मिलान्थाले १२ औँ ओभरको पहिलो बलमा अर्धशतक पूरा गरे। उनले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै टोलीका लागि पहिलो अर्धशतक पूरा गरेका हुन्। एनपीएलमा यो दोस्रो अर्धशतक हो।
मार्की आशिफ शेख पहिलो ओभरको चौथो बलमा नै बोल्ड आउट भए। आशिफ शुन्य रनमा नै क्रिस सोलेको बलमा आउट भए।
मा प्रकाशित