१९ मंसिर, काठमाडौ । बाढीले क्षतिग्रस्त ४५६ मेघावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्नेगरी मर्मतसम्भारका काम अघि बढाइएको छ ।
गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्कस्) मा ठूलो क्षति पु¥याएको थियो ।
आयोजनाको प्रवर्द्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लिमिटेड सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी
सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले बुधवार आयोजनाको स्थलगत अनुगमन गरी हाल भइरहेको मर्मतसम्भारको विषयमा जानकारी लिएको छ ।
कार्यकारी निर्देशक घिसिङले माथिल्लो तामाकोसीबाट तोकिएको समयमा विद्युत् उत्पादन गर्न नसकिएमा देशभित्रको मागबमोजिम विद्युत् आपूर्ति गर्न नसकी अप्ठ्यारो अवस्था आउने भएकाले मर्मतसम्भारमा सबै गम्भीर र संवेदनशील भएर लाग्न आग्रह गर्नुभयो ।
अविरल वर्षाका कारण तामाकोसी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि विद्युत् उत्पादन उत्पादन बन्द गरिएको थियो ।
बाँधका सम्पूर्ण ढोका (गेट) खुला गरिएको थियो, जसका कारण आयोजनाका संरचनाको सम्भावित क्षति रोकिएको थियो ।
कम्पनीका सीईओ मोहनप्रसाद गौतमले मर्मतसम्भारका हरसम्भव उपाय अवलम्बन गरी तय गरेको तालिका बमोजिम विद्युत् उत्पादन सुरु गर्ने गरी काम भइरहेको बताए ।
घिसिडले यस अघि पनि अायाेजना स्थलकाे भमण गरी काम छिटाे अघि बढाउन निर्देशन दिएकाे थियाे ।
मा प्रकाशित