२८ मंसिर काठमाडाै । विश्व बैंकले नेपाललाई प्रदान गर्ने १० करोड अमेरिकी डलर स्वीकृत गरेको छ।
बैंकका बोर्ड निर्देशकहरुले बिहीबार १० करोड डलरको विकास नीति सञ्चालन (डीपीओ) स्वीकृत गरेको विश्व बैंकले जनाएको छ। य
सले नेपालको हरित, जलवायु अनुकूलन र समावेशी विकासमा सहयोग पुग्ने उल्लेख गरिएको छ।
यसले नेपालको विभिन्न क्षेत्रका नीति तथा कार्यक्रमलाई सहयोग पुग्ने उनको भनाइ छ।
खासगरी हरित वित्तीय साधन, जल सुरक्षा, सिँचाइ, जमिनको प्रयोग र व्यवस्थापन, दिगो वन व्यवस्थापन र जलवायु प्रकोप सूचना प्रणालीमा डीपीओले सहयोग पुग्ने उनले बताए।
बेरोजगारी, महामारी र वञ्चितीकरणमा परेकालाई आर्थिक अवसर विस्तारको चुनौतीलाई पन्छाउने विकास मोडलको लागि नेपालले काम गरिरहेको छ।
यसैलाई विश्व बैंकको डीपीओ शृंखलाले सघाई नेपाललाई दिगो विकासको बाटोमा लैजाने विश्वास गरिएको छ।
मा प्रकाशित