२१ पुस, काठमाडौं । अप्पर मर्स्याङ्दी –१ जलविद्युत् आयोजनाका लागि अावश्यक लगानी रकम जुटेको छ ।
लमजुङको मर्स्याङ्दी नदीमा निमार्ण हुने १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजनामा ३ बैंकले लगानी गर्ने भएका हुन् ।
लक्ष्मी सनराइज बैंकले सहवित्तीयकरण लगानीको नेतृत्व गरेको छ । १०२ मेगावटा क्षमताको उक्त परियोजनामा लगानी सम्झौता भएको बैंकले जनाएको छ ।
लक्ष्मी सनराइज बैंकको नेतृत्वमा ग्लोबल आईएमई बैंक र प्रभु बैंकले लगानी गर्ने भएको हो । अप्पर मर्स्याङ्दी–१ जलविद्युत् आयोजनाको कूल लागत २१ अर्ब ४० करोड रहेको छ ।
परियोजना निमार्णका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।
बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धक/संस्थापकहरूको लगानी रहने छ ।
सो कम्पनीको प्रवर्द्धकको रूपमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन । ्आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।
आयोजनाबाट वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुने कम्पनीले जनाएको छ ।
मा प्रकाशित