६ महिनामा बीरगंज हुँदै २९ अर्ब २७ करोड ८२ लाख बराबरको निर्यात

आर्थिक परिवेश

१२ माघ,काठमाण्डौ ।   बीरगंजस्थित एकीकृत तथा आइसिपी भन्सार नाका हुँदै चालु आर्थिक बर्ष को ६ महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ २९ अर्ब २७ करोड ८२ लाख ४ हजार मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ ।

वीरगंज नाका हुँदै विभिन्न मुलुकहरूमा तेल, जुस, कपडा जुत्ता, फलामे पाता लगायतका नेपाली उत्पादन तथा जडीबुटी निर्यात भएको वीरगंजस्थित आइसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिनुभयो ।

आइसिपी भन्सार नाका हुँदै ६ महिनामा सबैभन्दा धेरै भटमासको प्रशोधित तेल भारत निर्यात भएको छ । ६ महिनामा वीरगंज नाकाबाट मात्रै ११ अर्ब ९९ करोड १८ लाख ५२ हजार मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ ।

सो अवधिमा ३ अर्ब ४४ करोड ८६ लाख ८५ हजार मूल्य बराबरको फलफूलको जुस तथा जाम भारत निर्यात भएको छ ।

वीरगंज नाकाबाट ६ महिनाको अवधिमा १ अर्ब ३९ करोड ४५ लाख ७५ हजार मूल्य बराबरको सेन्थेटिक यार्न निर्यात भएको छ ।

सो अवधिमा बीरगंजको आईसिपी भन्सार नाकाबाट मनोरञ्जनका सामान, स्पोर्ट सुज, दन्त मन्जन, रेसाको कपडा,स्टीलका भाडाकुडा र सि.आर.सीट, जीआई.पाइप लगायतका सामानहरू भारत तथा तेस्रो मुलुक निर्यात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले जानकारी दिनुभयो ।

मा प्रकाशित