१५ माघ, काठमाण्डौ । ऊर्जाको विकासलाई समावेशी,दिगो र न्यून कार्बन अर्थतन्त्रको आधार बनाएर अघि बढाउनु पर्नेमा त्यस क्षेत्रका विज्ञहरुले जोड दिनु भएको छ ।
अन्तराष्ट्रिय स्वच्छ उर्जा दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले काठमाण्डौमा आयोजना गरेको ‘दिगो र न्यून कार्बन अर्थतन्त्रका लागि ऊर्जा रुपान्तरण सम्मेलनमा विज्ञहरुले त्यसतो धारणा व्यक्त गर्नु भएको हो ।
सम्मेलनको उदघाटन समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो, समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढङ्गले अघि बढिरहेको बताउनु भयो ।
मन्त्री दिपक खडकाले विकास परियोजनाहरुमा जोखिम न्यूनीकरण, आन्तरिक ऊर्जा खपत वृद्धि, ऊर्जा निर्यात प्रवद्र्धनलगायत योजनालाई कार्यान्वयन गर्दै दिगो विकासको मार्गमा सरकार अघि बढिरहेको बताउनु भयो ।
उर्जा पूर्वाधार निर्माणका क्रममा सिर्जना हुने जोखिमहरुको अध्ययन गरेर त्यसको न्यूनीकरणका लागि आवश्यक भएको मन्त्री खड्काले बताउनु भयो ।
उहाँले दिगो विकासका लागि दातृ निकाय र विकास साझेदारको सहयोगलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
उहाँले सन् २०३५ सम्ममा २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य सम्भव छ, त्यसका लागि हामीले विभिन्न कानुन परिमार्जन गरेर समयानुकूल बनाएको उल्लेख गर्नु भयो ।
मन्त्री खडकाले आगामी १० वर्षमा प्रतिव्यक्ति ऊर्जा खपतलाई वार्षिक एक हजार पाँच सय युनिट पु¥याउने लक्ष्य राखेका छौँ ।
नेपालले सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्ने नेपालको प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै मन्त्री खड्काले उक्त लक्ष्य प्राप्तिका लागि सरकारले निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माण र सञ्चालनमा सहभागी गराउने नीति लिएको बताउनु भयो ।
प्रतेक घरधुरीको लागि न्युनतम दुई लाखदेखि पाँच लाखसम्मको शेयर प्रदान गर्नुपर्ने नीति कार्यान्वयन हुन आवश्यक छ, यसबाट उर्जा क्षेत्रमा थप लगानी लगानी जुट्ने मात्र नभै परियोजनाप्रति स्थानीय जनताको अपनत्व बढेर चुनौती पनि कम हुने उल्लेख गर्नु भयो ।
जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीले शत्प्रतिशत विद्युतीकरणका लागि नवीकरणीय ऊर्जामा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो । नेपालस्थित बेलायती राजदूतावासका विकास निर्देशक तथा उपराजदूत पिपा बर्डले नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि हरित वित्त परिचालनमा जोड दिइनुपर्ने बताउनुभयो ।
जलवायुवित्त, ग्रिन बन्डलगायत नवीनतम वित्तीय परिचालन र वैदेशिक लगानी प्रवद्र्धन गरी नवीकरणीय ऊर्जाका आयोजना विकासमा नेपालले जोड दिनुपर्छ उहाँको सुझाव थियो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले ऊर्जा प्रणालीलाई दिगो, भरपर्दो बनाउने र ऊर्जा सुरक्षाका क्षेत्रमा थप उपलब्धि हासिल गर्ने गरी विभिन्न विकास साझेदार तथा निजी क्षेत्र र स्थानीय तहसँग सहकार्य भइरहेको बताउनुभयो ।
कार्यक्रममा इसिमोडका महानिर्देशक डा पेमा ग्याम्सोले नेपालले सार्वजनिक यातायातको क्षेत्र, कृषि, पर्यटनलगायत क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाएर थप लाभ लिनसक्ने पर्याप्त सम्भावना रहेको बताउनुभयो ।
उर्जा लगायत विभिन्न क्षेत्रका करिव ४ सय जनाको सहभागिता रहेको सम्मलेलनको क्रममा विभिन्न ५ बटा छुट्टा छुट्टै शत्रहरुमा विज्ञहरुबाट कार्यपत्र प्रस्ततु गरी छलफल भएको छ ।
मा प्रकाशित