१५ माघ, काठमाण्डौ । उच्च गुणस्तरीय सुन्तलाको बगैँचाको रुपमा चिनिएको पर्वत जिल्लाको बाँसखर्कमा यस बर्ष १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।
समुुन्द्री सतहदेखि एक हजार एक सयदेखि एक हजार नौ सय मिटरको उचाइमा रहेको बाँसखर्कका दुई सय ३९ घरपरिवार मध्ये मालगाउँ र घुमाउने तालबाहेकका बस्तीका दुई सय बढी घरपरिवारले सुुन्तलाखेती गरेका छन् ।
देशका अन्य ठाउँका बगैँचामा सन्तला निख्रिएपछि माघ महिनादेखि बाँसखर्कका बगैँचामा सुन्तला टिप्न शुरु हुन्छ ।
यही माघ महिनाको पहिलो साता गरिएको सर्वेक्षणअनुसार बाँसखर्कको एक हजार पाँच सय रोपनी क्षेत्रफलमा ५१ हजार एक सय ५१ सुुन्तलाका बोट रहेका छन् ।
सर्वेक्षणको नेतृत्व गर्नुभएका बाँसखर्कको ज्योतिमण्डल माविका प्रअ मेखबहादुर खत्रीले यस वर्ष २६ हजार सात सय छ बोटमा १८ करोड ४४ लाख ४७ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको जानकारी दिनुभयो ।
गत वर्ष बाँसखर्कमा ११ करोड र त्यसअघिको वर्ष १० करोड बराबरको सुन्तला बिक्री भएको थियो ।
सुन्तलाखेतीबाट त्यहाँको एउटा परिवारले वार्षिक चारदेखि ४० लाखसम्म आम्दानी गर्ने गरेका छन् । त्यहाँ लगाइएका सबै बोटले फल दिँदा केही वर्षमा उत्पादन दोब्बर बढेर झन्डै ४० करोड हाराहारी पुग्ने अनुमान गरिएको छ ।
बाँसखर्कका किसानले धान, कोदो, मकै, गहुुँखेतीको विकल्पमा सुन्तलाखेती गरेका छन् । सुन्तला बगैँचा अवलोकन गर्न स्थानीय पर्यटकहरू समेत ठूलो संख्यामा बाँसखर्कमा पुग्ने गरेका छन् ।
मा प्रकाशित